
एजेन्सी । विभिन्न खेलाउनाहरुबारे समीक्षा गर्ने एक आठ वर्षीय बालक २०१९ मा युट्ययुबबाट सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी बनेका छन् । दुई वर्षदेखि लगातार सबै युट्युबरलाई हराउँदै उनले योपटक २ करोड ६० लाख डलर कमाएका हुन् । रायन काजीका हाल २ करोड २९ लाख सस्क्राइबर रहेका छन् । उनले गत वर्ष भन्दा यसपालि ४० लाख डलर बढी कमाइ गरेका छन् ।
फोब्र्सले युट्युबबाट सर्वाधिक कमाइ गर्ने शिर्ष दशजना सार्वजानिक गर्ने क्रममा सबैको आम्दानीको कूल हिसाब १६ करोड २० लाख भएको थियो । रायनले सबैभन्दा पहिले ‘अनबक्सिङ’ बाट लोकप्रियता कमाएका हुन् जसमा उनले विभिन्न उपहारहरु खोलेर प्रत्येक वस्तुबारे आफ्नो प्रतिक्रिया दिने गरेका थिए । फोब्र्सको सूची स्पन्सर गरिएका सामग्री, विज्ञापन, उत्पादनहरुको विक्री लगायतबाट उपलब्ध गराइने कर रहित आम्दानीमा आधारित रहेको छ ।
रायनबाहेक अर्की एक पाँच वर्षीया बालिका पनि पहिलोपटक यस सूचीको तेस्रो स्थानमा पुग्न सफल भएकी हुन् । दक्षिण रुसमा जन्मिएकी एनास्तासिया राडजिन्सकायाको कमाइ २०१९ मा १ करोड ८० लाख डलर रहेको थियो । उनी मस्तिष्क पक्षगात रोगबाट ग्रसित छिन् र आफ्ना पितासँग भिडियोमा आउने गर्छिन् । फोब्र्सका अनुसार उनका १० करोड ७० लाख सस्क्राइबर छन् भने उनका भिडियो ४२ अर्ब भन्दा धेरै पटक हेरिएको छ । त्यसैगरी ‘ड्युड पर्फेक्ट’ नामक एक पाँचजना साथीहरुको समुहले भने दोस्रो स्थान हासिल गरेको हो । तीसको उमेर समुहमा रहेका साथीहअरुले चलाउने सो च्यानलमा विभिन्न खेल खेलिने र स्टन्टहरु देखाउने गरिएको छ ।
तिनको कमाइ यो वर्ष २ करोड डलर रहेको थियो ।
यता कुनैसमय युट्युबका सर्वाधिक आम्दानीकर्ता प्युडिपाइ भने २०१९ मा सातौँ स्थानमा परेका छन् । उनले केबल १ करोड ३० लाख डलर कमाइ गरेको बताइएको छ । अघिल्लो महिनामा मात्र उनले अर्को वर्ष आफू केही समयका लागि युट्युब छाड्ने घोषणा गरेका थिए । उनले अत्यन्तै थकित भएकाले आराम गर्ने बताएका हुन् । सिएनएन