site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानीलाई सामान्य बहुमत 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अफगानिस्तान । अफगानिस्तानका कामचलाउ राष्ट्रपति असरफ घानी सेप्टेम्बर २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा सामान्य बहुमतले दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।  करिब तीन महिनापछि आइतबार सार्वजनिक भएको मतपरिणाममा घानीले सामान्य बहुमतले जित हात पारेका हुन् । बढ्दो राजनीतिक संकट र निर्वाचनमा धाँधली गरेको आरोप लागेपछि मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको थियो । 

स्वतन्त्र निर्वाचन आयोगले १८ लाख मानिससले मतदान गरेकोमा घानीले ५०.६४ प्रतिशत मत पाएका छन् । उनले मुख्य प्रतिस्पर्धी अब्दुल्लाह अब्दुलाहलाई पराजित गरेका हुन् । अब्दुलासँग मिलेर अहिले अफगानिस्तानमा संयुक्त सरकार छ  । यद्पि स्वतन्त्र निर्वाचन आयोगका प्रमुख हावा आलम नुरिस्तानीले काबुलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मतगणना जारी रहेकोले निर्वाचनको नतिजा अन्तिम फेरिनसक्ने भएकोले यो नै अन्तिम नतिजा नभएको बताएकी छन् । 

यदि निर्वाचन उजुरी आयोगले मतगणना रिभ्यूका क्रममा घानीको मत ५० प्रतिशत भन्दा कम भएमा र अर्को कुनै उमेदवारले बहुमत नल्याएमा अर्को चरणको मतदान गर्नुपर्ने उनले बताइन् ।  आइतबार आयोगले जारी गरेको मतगणना अनुसार १८ लाख २४ हजार ४०१ मतमा घानीले ९ लाख २३ हजार ८६८ मत प्राप्त गरेका छन् भने अब्दुल्लाहले ३९.५ प्रतिशत अर्थात ७ लाख २० हजार ९९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १९:४४
प्रतिक्रिया दिनुहोस्