site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीमा मोदीको शक्ति प्रदर्शन, भने–उनीहरुलाई थाहा रहेनछ यो मोदी हो

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको बारेमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।  आइतबार नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

दिल्लीको आप समर्थित अरबिन्द केजरीवालको सरकारको पनि कडा आलोचना गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद् जनताको मन्दिर भएको र सो मन्दिरबाट नयाँ कानुन बनेको भन्दा कार्यक्रमका सहभागीहरु उत्तेजित भएर ‘जय श्रीराम’को नारा लगाएका थिए ।

उनले आफूहरुले धर्म, जाति नभनी गरिबी हटाउनका लागि गरिबको हितका लागि योजना बनाइरहेको बताएका थिए ।

उनले भने,‘‘तपाईँहरुलाई जसले कोलोनी नियमित गर्ने भरोसा दिलाएका थिए उनीहरु के गरिरहेका थिए ? तपाईँहरुले जान्न आवश्यक छ । मैले जब नियमित गर्ने कोशिश गरेँ त्यतिबेला बाटो छेक्ने काम भयो । उनीहरुलाई थाहा रहेनछ कि यो मोदी हो ।’’ उनी कार्यक्रममा सहभागी हुँदा ‘विविधतामा एकता, भारतको विशेषता’ भन्ने नारा पनि लगाइएको थियो ।

उनले आफ्नो ‘जति पुतला जलाए पनि जलाउ तर गरिबको अटो रिक्सा नजलाऊ’ भन्दा तालीको गडगडावटका बीच ‘मोदी मोदी’ भन्ने नारा लागेको थियो ।  भाजपाको हिजो बसेको बैठकले पार्टीका तर्फबाट १० दिन भित्र १ हजार कार्यक्रम गर्ने घोषणा गरेकोमा पहिलो कार्यक्रममा प्रधानमन्त्री आज सहभागी भएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १४:४९
प्रतिक्रिया दिनुहोस्