site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेल समूहका माग तत्काल सम्बोधन नहुने, गलाउने देउवाको रणनीति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेका मागहरु तत्काल सम्बोधन नहुने संकेत देखिएको छ । संस्थापन पक्ष अघिल्लो कार्यसमिति बैठकले सर्वसम्मत ढंगले गरेको निर्णयमा टेकेर पौडेल समूहलाई गलाउने रणनीतिमा छ । विवाद समाधानका लागि गत शनिबारबाट भइरहेका छलफलमा पौडेल समूहले जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनको कार्यतालिका एजेण्डामा आउनुपर्ने माग प्रमुख रुपमा उठाइरहेको छ । 

तर, संस्थापन पक्ष भने अघिल्लो कार्यसमिति बैठकको निर्णय देखाएर जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिकाको विषय एजेण्डाको रुपमा नल्याउने मनस्थितिमा छ ।  बिहीबारबाट सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिकालाई एजेण्डाका रुपमा पेस गर्न मानेपछि पौडेल समूह केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । 

यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका अन्तरिम संरचनाहरु निर्माण पछि मात्रै महाधिवेशनको कार्यतालिका बनाउने निर्णय सर्वसम्मत पारित गरेको थियो ।  पौडेल समूहकै सहमतिमा उक्त निर्णय भएको र पार्टीको केन्द्रीय निर्वाचन समितिले संघीय संरचनाअनुसार अन्तरिम संरचना निर्माणको काम सम्पन्न गरिनसकेको भन्दै संस्थापन पक्ष तत्कालै कार्यतालिकाको विषयलाई एजेण्डाका रुपमा ल्याउन अनिच्छुक देखिएको छ ।    

Prabhu Bank
Agni Group
NIC Asia

“अघिल्लो कार्यसमिति बैठकले पारित गरेको १४ बुँदे प्रस्तावमध्ये प्रस्ताव २ मा नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ उपधारा अन्तरिम संरचनाहरु निर्माण गरेपश्चात महाधिवेशनको कार्यतालिका बनाउने भनेको छ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको एजेण्डा नबन्नुको कारण प्रष्ट्याउँदै प्रश्न गरे, “अहिले अन्तरिम संरचनाले पूर्णता नपाइ कसरी महाधिवेशनको विषय एजेण्डा बन्छ ?”

उनले पार्टीले गरेको निर्णय सभापति देउवा र वरिष्ठ नेता पौडेलमात्रैले चाहेर नहुने पनि जिकिर गरे । “सभापति र वरिष्ठ नेता दुबैले मिलेर बनाउन चाहनुभयो भने पनि महाधिवेशनको विषय अहिले एजेण्डा बन्दैन,” प्रवक्ता शर्माले भने, “निर्णय त पार्टीको निर्णय हो नि त । शेरबहादुर दाइ र रामचन्द्र दाइको मात्रै निर्णय होइन । नेपाली कांग्रेस पार्टीको निर्णय हो ।”

Global Ime bank

संस्थापन पक्षले अन्तरिम संरचना निर्माणको काम सम्पन्न भएपछि मात्रै आगामी महाधिवेशनको कार्यतालिकाको विषयले एजेण्डाका रुपमा केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउने जनाएको छ । बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा भने महाधिवेशनको कार्यतालिका नआउने संस्थापन पक्षको भनाइ छ । 

“कार्यतालिका आउँदै नआउने भन्ने कुरो हुँदैन । समायोजनपछिमात्रै कार्यतालिका आउँछ,” संस्थापन निकट एक केन्द्रीय सदस्यले भने, “पार्टीको निर्वाचन समितिमा उहाँहरु (पौडेल समूह) समेतका मान्छे हुनुहुन्छ । त्यो समितिले काम सकेको छैन । यो बैठकमा कार्यतालिका आउँदैन ।” 
संस्थापन पक्षले पौडेल समूहले मागेअनुसार भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमध्ये कसैको पनि नेतृत्व नदिनेसमेत मनस्थिति बनाएको छ । 

विवाद समाधानका लागि केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार बिहान भएको छलफलमा पौडेल समूहले नेविसंघ र तरुण दलमध्ये कुनै एक संगठनको नेतृत्व आप्mनो समूहले पाउनुपर्ने माग अघि सारेको थियो । 

पौडेल समूहले अघि सारेका माग संस्थापन पक्षले सम्बोधन गर्ने तत्काल सम्भावना नदेखिएकाले कांग्रेसमा देखिएको पछिल्लो विवाद लम्बिने निश्चितप्रायः छ । “उहाँहरुले मागेअनुसार नेविसंघ र तरुण दल कुनैको पनि नेतृत्व दिन सकिने अवस्था तत्काल देखिँदैन,” संस्थापन पक्षीय एक नेताले भने, “त्यो हुँदा सहमतिका लागि समय लाग्ने स्थिति छ ।”

उपसभापति विमलेन्द्र निधिसँग चाक्सीबारीमा भएको छलफलमा पौडेल समूहले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्नुपर्ने, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सम्मानजनक उपस्थिति गराइनुपर्ने र नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीमाथि अध्यक्ष जीतजंग बस्नेतले गरेको निलम्बन फुकुवा गरेर कार्यकाल थप गर्दै समिति विस्तार गरिनुपर्ने अथवा दुईमध्ये कुनै एकको नेतृत्व दिनुपर्ने, पार्टीका केन्द्रीय विभाग थप नगरी गठन गरिनुपर्ने र क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गर्नुपर्ने माग अघि सारेको स्रोतले जानकारी दियो ।

छलफलका क्रममा दुबै पक्षका नेताहरु पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि सकारात्मक देखिएका थिए । छलफलपछि उनीहरुले आफूहरु सहमति नजिक पुगेको र आ–आप्mनो समूहमा थप छलफल गरेर टुंगोमा पुगिने जानकारी दिएका थिए । “छलफल सकारात्मक रुपमा अघि बढेको छ । दुबै समूह सहमति नजिक पुगेका छन् । आ–आफ्नो समूहमा थप छलफल गरेर टुंगोमा पुग्ने गरी छलफल सकिएको छ,” बैठकमा सहभागी एक नेताको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । 

उक्त छलफलमा पौडेल समूहबाट सिंहसँगै केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सहभागी थिए । पौडेल समूहले संस्थापन पक्षसँग वार्ताका लागि नेतात्रय सिंह, बडू र थानी सदस्य रहेको समिति गठन गरेको छ । संस्थापन पक्षबाट उपसभापति निधिले समन्वय गरिरहेका छन् । 

आ–आप्mनो समूहमा छलफल गरेर निष्कर्षमा पुग्ने भनेर दुबै समूहका नेताहरु चाक्सीबारीबाट बाहिरिए पनि अहिलेसम्म सहमतिका लागि कुनै ठोस ‘डेभलपमेन्ट’ नभएको संस्थापन पक्षले बताएको छ । 

यसैबीच बिहीबार र आइतबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवासँग छलफल गरेको स्रोतले जानकारी दियो ।

सानेपामै दुई नेताबीच छलफल भएको एक नेताले जानकारी दिए ।

नेता सिटौलाले पछिल्लो विवादका बारेमा सोमबार बिहान वरिष्ठ नेता पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेको स्रोतले जनाएको छ । 

“पछिल्लो विवादका बारेमा उहाँ (सिटौला) र वरिष्ठ नेताबीच टेलिफोनमा कुराकानी भएको थियो,” नेता सिटौलाका सहयोगी किरण सिटौलाले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय