site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फ पर्यटकीय सम्भावनाको नयाँ आधारः शेर्पा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल बाह्रखरी गल्फ पर्यटकीय सम्भावनाको नयाँ आधार भएको कर्पोरेट गल्फर दावा शेर्पाले बताएका छन् ।  विश्वको सबैभन्दा उचाइमा भएको गल्फ प्रतियोगितामा सहभागी भएका उनले हिमाली क्षेत्रमा भएको गल्फ प्रतियोगिताले नयाँ पर्यटकीय आधार बनाएको बताए ।

बिहीबार विश्वकै सबैभन्दा उचाइमा बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता अन्तर्गत थप कर्पोरेट गल्फरहरुले सहभागिता जनाएका थिए । चार हजार दुई सय पचास मिटरको कोङ्दे रीमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“मैले गल्फ खेल्न थालेको धेरै भएको छैन । तर, यो प्रतियोगितामा सहभागी भएपछि गल्फप्रतिको माया अझै जागेको छ । हिमालको फेँदमा गल्फ खेल्न पाउनु धेरै ठूलो कुरा हो । व्यक्तिगत हिसावले यो प्रतियोगिताले एक नयाँ अनुभव दिलाएको छ । हिउँसँगै हिमालमा गल्फ खेल्दा नयाँ खालको अनुभूति भएको छ,” शेर्पाले भने ।

दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरण सम्पन्न भएको छ  भने दोस्रो चरणमा काठमाडौंको गोकर्ण रिसोर्टमा एकसय बढी कर्पोरेट गल्फरले प्रतिस्पर्धा गर्नेछन्  । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्नमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ आयोजना भएको प्रतियोगितामा यसअघि १४ कर्पोरेट गल्फर र दुईजना विदेशी पत्रकारले सहभागिता जनाइसकेका थिए ।

Global Ime bank

“यो उचाइमा गल्फ प्रतियोगिता गर्नु नै ठूलो कुरा हो । बाह्रखरीले राम्रो कामको सुरुआत गरेको छ । हिमाली क्षेत्रमा हुने यस्ता खालका गल्फ प्रतियोगिताले नै नेपालमा पर्यटक सम्भावनालाई वृद्धि गर्ने छ । पुनः यो ठाँउमा गल्फ खेल्न जान सकिएमा फरक अनुभव हुनेछ । होइन भने यो सहभागितानै मेरो जीवनको नयाँ अनुभव हो,” शेर्पाले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement