site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेरा खोज्‍दै महरा 

फाइल तस्बिर


काठमाडौं । यौन दूराचारको आरोप लागेपछि पदबाट राजीनामा दिएका निवर्तमान सभामुख महराले सरकारी निवास छाडेका छैनन् ।

निवर्तमान सभामुख महराको सुरक्षार्थ खटिएका १७ जना सैनिक र ११ जना प्रहरी फिर्ता गरे पनि निवास भने सरकारी नै उपयोग गरिरहेको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बाह्रखरीलाई जानकारी दिए ।

काठमाडौंमा घर नभएको र नयाँ डेरा (बासस्थान) खोज्नुपर्ने भएकाले निवास छाड्न समस्या भएको उनको भनाइ थियो ।

“निवर्तमान सभामुखको काठमाडौंमा घर छैन । अपर्झट राजीनामा दिनुपरेकाले तत्कालै डेरा पाइएको पनि छैन । अपर्झट नपरेको भए तयारी गर्न पाइन्थ्यो र बासस्थान पनि खोजिन्थ्यो होला, डेरा नपाउञ्जेल सरकारी निवास नै उपयोग गर्नुपर्ने बाध्यता छ,” उनको भनाइ थियो ।

सुरक्षाकर्मी फिर्ता गरेपछि महरासँग केही पीएसओ बाँकी छन् । अन्य सुविधा भने पूर्वसभामुख सरह पाउने संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रयाग गर्दै आएका  तीनमध्ये एउटा गाडी पनि फिर्ता गरेको सचिवालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro