site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस जागरण अभियानः कतै गुटैगुट, कतै कुटाकुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापहरुको भण्डाफोर गर्न सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत केही जिल्लामा केन्द्रीय नीतिविपरीत गुटगत विरोध सभा भएका छन् । पार्टीले जागरण अभियानको समापनका दिन जिल्लाभरका नेता–कार्यकर्ताहरु सदरमुकाममा उतारेर सरकारविरुद्ध प्रदर्शन र विरोध सभा आयोजना गर्न जिल्लाहरुलाई परिपत्र गरेको थियो । तर, सिन्धुपाल्चोक र सप्तरीमा गुटगत रुपमा विरोधसभा भए । 

सिन्धुपाल्चोकमा पार्टीको संस्थापन समूह निकट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले र सप्तरीमा संस्थापन इतर समूह निकट प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केन्द्रीय नीतिविपरीत जागरण अभियानको समापनमा विरोध सभा आयोजना गरेका हुन् । सिन्धुपाल्चोकमा पहिलो चरणको जागरण अभियानको उद्घाटनका दिन नेता–कार्यकर्ताहरुबीच कुटाकुट भएको थियो भने दोस्रो चरणको अभियानको समापनका दिन सप्तरीमा नेता–कार्यकर्ताहरुका बीच हात हालाहाल भएको छ । 

कांग्रेसले दोस्रो चरणको अभियान समापनका दिन जिल्ला कार्यसमितिको संयोजनमा सरकारविरुद्ध प्रदर्शन र विरोध सभा गर्न निर्देशन दिएको थियो । तर, सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य बस्नेतले क्षेत्रीय कार्यसमितिको संयोजनमा सरकारविरुद्ध प्रदर्शन र विरोध सभा गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूले निर्वाचन लड्दै आएको सिन्धुपाल्चोक–१ को खाडीचौरमा आयोजित विरोध सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । पार्टी अभियानका लागि सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का दुबै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका मीनकृष्ण महर्जन र लामाकर्पु तामाङ पार्टी नीतिविपरीत आयोजना गरिएको खाडीचौरको विरोध सभामा उपस्थित थिए । 

सिन्धुपाल्चोकको जिल्ला कार्यसमितिले भने पार्टीको निर्देशन बमोजिम सदरमुकाम चौतारामा सरकारविरुद्ध प्रदर्शन र विरोध सभा आयोजना गरेको थियो । उक्त विरोध सभालाई केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रमुख अतिथिका रुपमा सम्बेधन गरेका थिए । चौतारामा आयोजित विरोध सभामा जिल्ला तहका अधिकांश नेताहरुको उपस्थिति रहेको थियो । 

Global Ime bank

सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले पार्टीको नीति–निर्देशन विपरीत छुट्टै कार्यक्रम आयोजना गर्ने केन्द्रीय सदस्य बस्नेतका बारेमा छिट्टै बैठक बसेर निर्णय गरिने प्रतिक्रिया दिएका छन् । उनले जिल्लास्तरीय कार्यक्रमलाई बिथोल्न बस्नेतले आप्mनो निर्वाचन क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको टिप्पणी गरे । 

“पार्टीले सदरमुकाममा विरोध सभा गर्न निर्देशन दिएको थियो । विरोध सभामा मान्छेहरु रोक्न खाडीचौरमा कमेडियनहरु उतारेर सांस्कृतिक कार्यक्रम गरिएको हो । जुन पार्टीको नीतिविपरीत छ,” जिल्ला सभापति लामाले बाह्रखरीसँग भने, “त्यसका बारेमा हामी छिट्टै जिल्ला कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं । उहाँ (बस्नेत)ले पटक–पटक यस्ता गतिविधिहरु गर्दै आउनुभएको छ । यस पटक हामी गम्भिर छौं ।” 

जिल्ला सभापति लामा र पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य बस्नेतबीच व्यक्तिगत टकराव रहेको बताइन्छ । उनीहरुबीच आपसमा एकले अर्कालाई नमान्ने, नटेर्ने समस्या रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । लामा र बस्नेतको व्यक्तिगत सम्बन्धका कारण जिल्लास्तरीय मात्रै नभएर केन्द्रले सर्कुलर गर्ने कार्यक्रमहरु छुट्टाछुट्टै हुँदै आएका छन् । 

उता सप्तरीमा पनि समापन समारोहमा मर्यादाक्रमको विषयमा नेताहरुबीच हात हालाहाल भएको छ । मंगलबार राजविराजमा अयोजित विरोध सभामा जिल्ला सभापति दिनेश यादव र प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीबीच बाझाबाझ र हात हालाहाल भएको हो । 

कार्यक्रममा केन्द्रीय सदस्य अजयकुमार चौरसियालाई प्रमुख अतिथि र प्रतिनिधिसभा सदस्य चौधरीलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । तर कार्यक्रम सञ्चालकले चौधरीभन्दा अगाडि पूर्वराज्यमन्त्री समेत रहेका रामकुमार चौधरीलाई विशिष्ट अतिथिको आसन ग्रहण गराएपछि विवाद भएको थियो । कार्यक्रम सञ्चालकले उनलाई तेस्रो वरीयतामा राख्दै विशिष्ट अतिथिकै हैसियतमा मञ्चमा बोलाएका थिए । 

सांसद चौधरीले आसन ग्रहणमा अपमान गरेको गुनासो गरेपछि सभापति यादव पक्षधर नेताहरुले उनलाई धकेलेर मञ्चबाट बाहिर निकालेका थिए । चौधरी पक्षधरले जिल्ला सभापति यादवले उनलाई घोक्र्याएर मञ्चबाट निकालेको दाबी गरेको छ । विरोध सभामा अतिथिका रुपमा आमन्त्रण गरिएका संविधानसभा सदस्य रञ्जित कर्णले मर्यादाक्रमलाई लिएर सामान्य विवाद हुँदा जिल्ला सभापति यादवले सांसद चौधरीमाथि हातपात गर्दै घोक्रयाएर मञ्चबाट निकालेको दाबी गरेका छन् । 

तर सभापति यादवले आफूमाथि लगाइएको हातपातको आरोप अस्वीकार गरेका छन् । उनले भने, “तेजुलालजीलाई पार्टीको मर्यादाक्रमका बारेमा केही थाहा छैन । केन्द्रीय सदस्य रहिसक्नुभएका पूर्व राज्यमन्त्रीपछि उहाँलाई आशन ग्रहण गराइएकै हो,” उनले बाह्रखरीसँग भने, “तेस्रो वरीयतामा आशन ग्रहण गराएको भनेर सार्वजनिक स्थलमा सुन्नै नसकिने अपशब्दहरु प्रयोग गरेर गालीगलौज गरेपछि विवाद भएको हो । मैले उहाँलाई केही गरेको छैन । त्यत्रा प्रहरीहरु छन्, मैले कसरी हातपात गरेको हुँला ? मिडियाले हुँदै नभएको कुरा किन लेख्छ थाहा छैन ।” 

१० औं हजार मानिसहरु उपस्थित रहेको विरोध सभाबाट उठेर सांसद चौधरी र उनी निकटका केही मानिसहरु गएको सभापति यादवले प्रतिक्रिया दिए । विरोध सभा कार्यक्रम बहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिएको सांसद चौधरीको समूहले स्थानीय जनआन्दोलन चोकमा छुट्टै कार्यक्रम गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !