site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संस्थापन इतर नेताको चाक्सीबारीमा बैठक- अन्तरिम संरचना विधानअनुसार हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा अन्तरिम संरचना गठनको विषय पेचिलो बन्दै गएपछि संस्थापन इतर समूहका नेताहरु छुट्टै छलफलमा जुटेका छन् । संस्थापन पक्षीय नेताहरुले सहमतिमा अन्तरिम संरचना गठन गरेर आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने धारणा बैठकमा लगालग राख्न थालेपछि सशंकित इतर समूह छुट्टै छलफलमा जुटेको हो । 

मंगलबार दिउँसो १ बजेबाट बोलाइएको केन्द्रीय कार्यसमिति बैठक शुरु हुनु अगावै इतर समूहका नेताहरुले चाक्सीबारीस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंहको घरमा छलफल गरेका छन् । अनौपचारिक छलफलमा नेताहरुले बीचमा केन्द्रीय कार्यसमिति बैठकमा अन्तरिम संरचना गठनदेखि आगामी महाधिवेशनका बारेमा समान धारणा बनाएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । 

“५–६ जना साथीहरु बसेका हौं । त्यो बैठक नै त होइन । तर, हामीहरुका बीचमा महाधिवेशनका बारेमा छलफल भएको हो,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने, “जारी बैठकबाटै आगामी महाधिवेशनको मिति निर्धारण गरेर कार्यतालिका निर्माणका लागि नेतृत्वलाई दबाब दिने विषयमा कुराकानी भयो ।”

उनका अनुसार चाक्सीबारी बैठकमा सहभागी नेताहरुले विधानमा भएको व्यवस्थाअनुसार नै अन्तरिम संरचना गठनका लागि दबाब सिर्जना हुने गरी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने बारेमा पनि छलफल भएको छ । अन्तरिम संरचना गठनका लागि सहमति खोज्नु परे पनि प्रक्रियामा गएर सहमति जुटाउनुपर्ने पक्षमा इतर समूह देखिएको छ । 

चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका संस्थापन इतर समूहका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेरमात्रै महाधिवेशन प्रक्रियामा जान सकिने बताइरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बैठकबाटै १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्माण गरिनुपर्ने माग गरिरहेको छ । यस्तै तेस्रो धारका रुपमा चिनिएको नेता कृष्णप्रसाद सिटौला समूहले विधानमा गरिएको प्रावधान अनुरुप संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना गठन गरेर महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिइरहेको छ ।   

असार ९ गतेबाट कांग्रेसमा औपचारिक रुपमा आगामी महाधिवेशनका बारेमा छलफल सुरु भएको थियो । बैठकमा विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा दिनदिनै छलफल भइरहेको छ ।   

असार २२ गतेबाट सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले ‘पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा’ प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेका विभिन्न १४ प्रस्तावमध्ये पहिलो प्राथमिकतामा राखिएको ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का विषयमा मात्रै कांग्रेसले टुंगो लगाउन सकेको छ । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro