साहित्य

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । उनले ‘आमा’ नामक चलचित्र निर्देशन गर्न लागेका हुन् ।
निर्देशक खनाल स्वयम्ले ‘आमा’को कथा लेखेका छन् । आमा र छोरीबीचको आत्मीयता चलचित्रको मुख्य कथा हो । शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रमा सूर्यमाला खनाल आमाको भूमिका निर्वाह गर्नेछिन् भने सुरक्षा पन्त छोरीको भूमिकामा देखिने छिन् ।
“यो चलचित्रमा म दर्शकलाई मात्रै होइन, समीक्षकलाई पनि गुनासो गर्ने ठाउँ दिने छैन,” निर्देशक खनालले बाह्रखरीसँग भने । ‘पशुपतिप्रसाद’ निर्देशन गरेका खनाल सोही स्तरको अर्को चलचित्र बनाउने प्रयासमा जुटेका हुन् । चलचित्र ०७६ फागुन ९ गते प्रदर्शन हुनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६ १२:५९
प्रतिक्रिया दिनुहोस्