site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठनमा ढिलाइ, सर्वसम्मति गर्ने देउवाको प्रयास जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठनमा अझै ढिलाइ हुने देखिएको छ । सभापति शेरबहादुर देउवा पार्टीभित्र उत्पन्न असन्तुष्टि थाति राखेर उपत्यका बाहिर जान लागेका कारण कार्यसम्पादन समिति गठनमा ढिलाइ हुने देखिएको हो । 

सभापति देउवाको भ्रमण तालिका हेर्दा कांग्रेसले वैशाख पहिलो साताभित्र पनि केन्द्रीय कार्यसम्पादन समिति नपाउने निश्चित देखिन्छ । उनी भोलि शनिबारबाट वैशाख ४ गतेसम्मका लागि सुदूरपश्चिम भ्रमणमा निस्कन लागेका छन् ।  

सभापति देउवा कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुने निकटस्थहरुले बताएका छन् । सभापति देउवाले चैत ३० गते कैलालीको धनगढीमा प्रजातान्त्रिक प्राध्यापक संघको प्रादेशिक भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख १ गते बिहान साढे ६ बजे धनगढी जेसिजको हाफ म्याराथनको उद्घाटन गरेर उनी दिउँसो १ बजे नेपाली कांग्रेस कैलालीको वार्षिक क्यालेन्डर विमोचन गर्न स्थानीय ओम प्यालेस पुग्ने बताइएको छ । 

सभापति देउवा वैशाख २ गते काग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्न महेन्द्रनगर पुग्ने कार्यक्रम रहेको कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य चक्र महताले जानकारी दिए । उनका अनुसार देउवाले वैशाख ३ गते कैलालीको टीकापुरमा काग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । सभापति देउवाले वैशाख ४ गते धनगढीमा नेपाल राष्ट्रिय मगर संघको प्रादेशिक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

Global Ime bank

उनी काठमाडौं बाहिरकै कार्यक्रममा व्यस्त हुने भएका कारण कांग्रेसले वैशाख पहिलो साताभित्र केन्द्रीय कार्यसम्पादन समिति पाउने सम्भावना न्यून देखिएको छ । सभापति देउवाले गत शुक्रबार शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाएर सहमतिको प्रयास गरे पनि कार्यसम्पादन समिति गठनका लागि सर्वसम्मतिको वातावरण निर्माण हुन सकेको छैन ।

बूढानीलकण्ठमा गत शुक्रबार बसेको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच समिति गठनका लागि भागबण्डामा सहमति भए पनि ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला असन्तुष्ट छन् । 

सिटौलाकै असन्तुष्टिका कारण चैत २३ गते शनिबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठक स्थगित भएपछि चैत २५ गते सभापति देउवाले पार्टीभित्र सहमति जुटाउन आफ्नै निवासमा फेरि बोलाएको बैठकमा पनि नेता सिटौला उपस्थित भएनन् । 

उनी निकट नेताहरुले सभापतिले बोलाएको छलफललाई बाहिष्कार गरेको बताए पनि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्य परीक्षण गराउनुपर्ने भएकाले छलफलमा नेता सिटौला अनुपस्थित भएको दाबी गरेका थिए । 

सभापति देउवा र वरिष्ठ नेता पौडेलले कार्यसम्पादन समितिमा ६०–४० का दरले भागबण्डा गरेपछि असन्तुष्ट नेता सिटौला योग्यता र क्षमताको आधारमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिनुपर्ने बताउँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement