
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–३’ को गीत सार्वजनिक गरिएको छ । चलचित्र रिलिजको मिति नजिकिँदै गर्दा चलचित्रमा समावेश ‘सत्य भन्छु...’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा नेपाल लाइडल सिजन–१ का सेकेन्ड रनर अप प्रताप दासको स्वर छ । शब्द रचना रवी मल्लले गरेका छन् भने संगीत कल्याण सिंहले भरेका छन् । गीतको अडियो सार्वजनिक गरे पनि भिडियो भने सार्वजनिक गरिएको छैन ।
अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय छ ।
झरना थापाले निर्देशन गरेको चलचित्र म्युजिकल लभ स्टोरी हो । चलचित्र यही चैत २९ गते रिलिज हुँदैछ ।