
काठमाडौं । गायक तथा शास्त्रीय संगीतका ज्ञाता कमल क्षेत्रीको निधन भएको छ । ७७ वर्षिय क्षेत्रीको आज काठमाडौंमा निधन भएको हो ।
वि.सं. १९९८मा काठमाडौंमा जन्मिएका क्षेत्रीले ०२६ सालमा कलकत्ताबाट गायनमा स्नातक गरेका थिए ।
०२७ सालदेखि सांस्कृतिक संस्थानमा सह–संगीत प्रवन्धकमा रुपमा काम सुरु गरेका उनले ०२६ सालदेखि विभिन्न संस्थामा संगीत अध्यापन गराउन थालेका थिए ।
०२५ सालदेखि रेडियो नेपालमा प्रसारण भएका विभिन्न गीतहरूमा संगीत निर्देशन गरेका क्षेत्रीको ‘माया कल्ले दियो नेप्टीलाई लाइटर’बोलको गीत लोकप्रिय छ ।
‘रागहरूको साँचो’ उनैले लेखेको पुस्तक हो । क्षेत्रीबाट संगीत प्रशिक्षण लिएका धैरै व्यक्ति अहिले नेपाली सांगीतिक जतमा कृयाशील छन् ।
उनका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।