site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस कार्यसम्पादन समिति: फेरि टाढिँदै पौडेल-सिटौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसमा ‘तेस्रो धार’ मानिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध फेरि चिसिने देखिएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा पौडेल समूहले पाएको भागबण्डामा सिटौला नपर्ने भएपछि दुई नेताबीचको सम्बन्ध चिसिने देखिएको हो । कांग्रेसमा केन्द्रीय कार्यसमितिपछि कार्यसम्पादन समितिलाई शक्तिशाली संरचना मानिन्छ । 

तीन वर्षअघि सम्पन्न १३ औं महाविधेशनमा पौडेल र सिटौलाबीच बिग्रिएको सम्बन्ध गएको निर्वाचनपछि सुध्रिँदै गएको थियो । महाधिवेशनमा सिटौलाले सभापति पदका उमेदवार शेरबहादुर देउवालाई सहयोग गरेपछि पौडेल लामो समयसम्म उनीसँग रुष्ट थिए । 

निर्वाचनमा पार्टीले आशातीत नतिजा हात पर्न नसकेपछि नेतृत्वको आलोचना गर्दै आएका नेताहरुले एकआपसमा सम्बन्ध सुधार्दै लगेका थिए । पछिल्लो समय पौडेल र सिटौला पार्टीका आन्तरिक निर्वाचनदेखि अन्य मुद्दामा संस्थापनविरुद्ध मोर्चाबन्दीमा थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सहमतिको प्रयासस्वरुप शुक्रबार बोलाइएको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ६०–४० को सहमति जुटेको थियो । तर, ‘तेस्रो धार’ मा रहेका नेता सिटौलालाई कसैले पनि आफ्नो समूहमा अटाएका थिएनन् । 

छलफलका क्रममा देउवाले नेता सिटौलालाई ४० प्रतिशतभित्रै समेट्न वरिष्ठ नेता पौडेललाई आग्रह गरेका थिए भने पौडेलले १३ औं महाधिवेशनमा सहयोग गरेको तथ्य प्रस्तुत गर्दै ६० प्रतिशतभित्र समेट्न देउवालाई सुझाव दिएका थिए । 

Global Ime bank

स्रोतका अनुसार आफ्नो विषयलाई लिएर सभापति र वरिष्ठ नेताबीच सवाल–जवाफ भएपछि नेता सिटौला शुक्रबारको बैठकबाट ‘तपाईंहरुको कुरा बुझियो’ भन्दै बाहिरिएका थिए । अन्ततः सभापति देउवा नेता सिटौलालाई आफ्नो समूहबाट केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा समावेश गर्न सहमत देखिएका छन् । 

गत शुक्रबार सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफलका लागि आप्mनै निवास बूढानीलकण्ठमा डाकेको बैठकमा नेता पौडेलले आफूले पाउने भागमा सिटौलालाई समेट्न आनाकानी गरेपछि दुबैबीचको सम्बन्ध चिसिने कतिपयको बुझाइ छ । सिटौला निकट केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सभापति देउवाका तर्फबाट सिटौला कार्यसम्पादन समितिमा समेटिए पार्टीभित्रको ध्रुवीकरणमा केही असर भने पर्ने बताए । ‘‘कसरी समिति बनाउने, कसरी समन्वय गर्ने, कसरी सरोकारवाला पक्षलाई रिझाउने भन्ने कुरो सभापतिले गर्ने कुरा हो । यो विषयले पार्टीभित्रको आन्तरिक ध्रुवीकरणलाई अलिअलि त असर गर्छ नै,’’ उनले बाह्रखरीसँग भने, ‘‘तर समग्र पार्टीको जुन खालको ‘पोलराइजेसन’ छ, त्यसमा खासै ठूलो असर भने गर्दैन । यसले धेरै सरोकार राख्दैन ।’’

के हो केन्द्रीय कार्यसम्पादन समिति ? के काम गर्छ ? 
कांग्रेसको परिमार्जित विधानको परिच्छेद ६ को दफा २९ अन्तर्गत गठन हुने केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिमा रहने उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् । 

यस्तै संसदीय दलको नेता कार्यसम्पादन समितिको सदस्य रहने विधानमा व्यवस्था गरिएको छ । विधान अनुसार केन्द्रीय कार्यसमितिले आफूमध्येबाट केन्द्रीय कार्यसम्पादन समितिका लागि बढीमा २२ जना सदस्य चयन गर्न सक्छ । 

यस्ता छन् समितिका काम, कर्तव्य र अधिकार
१) केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम यो समितिले गर्दछ । 
२) आफ्नो कामको विवरण यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदन गराउने काम गर्दछ ।
३) पार्टीको केन्द्रीय कार्यालय अन्तर्गत रहेका सम्पूर्ण विभागहरुको समीक्षा गर्छ । 
४) समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिको संयोजकहरुसँग संयुक्त रुपमा विचार–विमर्शको आयोजना गर्छ । 

विधानतः केन्द्रीय कार्यसमितिले चयन गर्ने २२ जना सदस्यमध्येमा पौडेलले आफूले पाएको ४० प्रतिशतमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मीनेन्द्र रिजाल, सुजाता कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, कुलबहादुर गुरुङ, नरहरि आचार्यलगायतका मध्येबाट ११ जना चुन्नु पर्नेछ ।

यस्तै सभापति देउवालाई गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, एनपी सावद, रमेश लेखक, भीष्मराज आङ्दम्बे, पुष्पा भुषाल, सुरेन्द्र पाण्डे, जीवनबहादुर शाही, अजयकुमार चौरसियालगायतबाट सिटौलालाई अनिवार्य गरी आप्mनो भागमा परेका १२ सदस्य पदका लागि चयन गर्नुपर्ने देखिन्छ ।  

यसअघि सभापति देउवाले ३२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति चयन गरेका थिए । निर्वाचनपछि आफूविरुद्ध मोर्चाबन्दीमा उत्रिएका वरिष्ठ नेता पौडेल र सिटौलाले विधान विपरित गठन भएका विभाग र समिति विघटनको माग गरेपछि देउवाले गत वैशाख १६ मा कार्यसम्पादन समिति विघटन गरेका थिए ।

यो पनि पढ्नुहाेस्

देउवाविरुद्धको मोर्चामा रहेका पौडेल–सिटौलाबीचनै छैन एकता !

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement