site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘ए मेरो हजुर–३’ नायिका सुहाना भन्छिन्–म कृष्णभक्त हुँ

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–३’बाट नेपाली रजतपटमा डेब्यू गर्न लागेकी नायिका सुहाना थापाले आफूँ कृष्णभक्त रहेको बताएकी छन् । धर्मप्रति आफ्नो आस्था रहेको र आफू कृष्णको भक्त भएको उनी बताउँछिन् । 

डेब्यू मुभी ‘ए मेरो हजुर–३’को प्रचारप्रसारमा व्यस्त रहेकी उनी आफूले सकेको कर्म गरेको तर जबरजस्त फलको अपेक्षा नराखेको बताउँछिन् ।  “मैले सकेको हार्डवर्क गरेकी छु । दर्शकको प्रतिकृया कस्तो आउँछ त्यो त हेर्न बाँकी नै छ,” थापा भन्छिन्, “काम राम्रो गरेकाले दर्शकको साथ पनि पाउने छौं भन्ने विश्वास छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्मसँग भाग्यमा पनि विश्वास गर्ने उनी चलचित्र चल्नु र नचल्नुमा भाग्यको पनि हात रहने बताउँछिन् । 

“म कृष्णभक्त हुँ । भागवत गीतामा कर्म गर तर त्यसको फलको आश नगर भनिएको छ । त्यसबाट म प्रभावित छु । त्यसैले काम गर्दै जाने हो तर अनपेक्षित अपेक्षा नराख्ने मेरो मान्यता हो,” उनी अगाडि भन्छिन्, “फलको आश गर्ने मान्छे सधैँ दुःखी हुन्छ रे ! राम्रो काम गरेको छु भने किन डराउनु पर्छ र ?”

सुहानाले अनमोल केसीसँग स्क्रिन सेयर गरेको चलचित्र ‘ए मेरो हजुर–३’ यही चैत २९ गतेबाट रिलिज हुँदैछ । ‘ए मेरो हजुर–३’लाई झरना थापाले निर्देशन गरेकी छन् । 
 

https://baahrakhari.com/news-details/188995/2019-04-04

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १२:५६
प्रतिक्रिया दिनुहोस्