site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिको भेलाको विषयान्तर, बारा र पर्साका हुरीपीडितमा केन्द्रित
Sarbottam CementSarbottam Cement

काठमाडौं । महासमितिको म्याण्डेट अनुरुप पार्टीको विधान संशोधन नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको गोप्य भेला विषयान्तर भएको छ ।
 
पार्टीको परिमार्जित विधानमा स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचारका लागि दबाब दिन भनेर डाकिएको भेला मुलुकको समसामयिक राजनीतितर्फ मोडिएको हो ।

सञ्चारकर्मीलाई समेत जानकारी नदिएर बुधबारबाट ठमेलको चाक्सीबारीमा सुरु भएको असन्तुष्ट सभापतिहरुको गोप्य भेलाले बारा र पर्सामा गत आइतबार गएको हावाहुरीबाट प्रभावितहरुलाई प्याकेजमा सहयोग गर्ने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सञ्चारकर्मीको अनुरोधमा भेलाबारे जानकारी दिन पुगेका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले आफूहरुको छलफल बारा र पर्साका हावाहुरी प्रभावितको राहत, सरकारका पछिल्ला गतिविधि र पार्टीको आन्तरिक गतिविधिका विषयमा छलफल सुरु भएको प्रतिक्रिया दिए ।
 
‘‘बारा र पर्साका हावाहुरी पीडितलाई राहत स्वरुप सम्पूर्ण जिल्ला सभापतिहरुकातर्फबाट सहयोग प्याकेज कार्यक्रम गर्ने निर्णय गर्‍यौं,’’ उनले भने, ‘‘पार्टीभित्रका आन्तरिक कुराहरु गहन रुपमा छलफल भएको छ । राष्ट्र सञ्चालन गरेको सरकारका जुन प्रकारका अकर्णमण्यता छन्, त्यसका बारेमा पनि छलफल अगाडि बढेको छ । कुनै कुरामा निर्णयमा पुगेका छैनौं ।’’

यसअघि चाक्सीबारीस्थित काठमाडौं होटलमा पुगेका सञ्चारकर्मीहरुले जिल्ला सभापतिहरुलाई भेलाको तस्बिर कैद गर्न दिनुका साथै भेलाबारे जानकारी दिन आग्रह गरेका थिए । तर उनीहरु भेलाको तस्बिर कैददेखि सार्वजनिक रुपमा भेलाबारे अभिव्यक्ति दिन हिच्किचाएका थिए ।

Global Ime bank

यसअघि ककनीमा भएको जिल्ला सभापतिहरूको भेलामा सञ्चारकर्मीलाई कार्यक्रम स्थलमै पुर्‍याएर समाचारलाई प्राथमिकता दिएका जिल्ला सभापतिहरु बुधबार भने पत्रकारलाई जानकारी दिन हच्किए । निकै जोडबलपछि प्रतिक्रिया दिन पुगेका काठमाडौं सभापति बानियाँले आफूहरुको भेला नभएर छलफलका लागि बैठक आयोजना गरेको बताए । जिल्ला सभापतिहरुको भेला कसैकाविरुद्ध नभएको भन्दै उनले आफ्नै बचाउ पनि गरे । 

‘‘यो भला नै होइन । भेला भनेको सार्वजनिक स्थानमा गएर ब्यानर राखेर कुनै प्रमुख अतिथि बोलाएर भेला हुन्छ,’’ डडेल्धुरा सभापति कर्णबहादुर मल्ल र धादिङ सभापति रमेश धमलालाई दायाँबायाँ राखेर प्रतिक्रिया दिँदै बानियाँले भने, ‘‘सभापतिकाविरुद्धमा बैठक बसेको होइन । आवश्यक सुझाव दिनका लागि सामान्य छलफल हो ।’’ 

यसअघि सञ्चारकर्मीले उनलाई पार्टी सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न असन्तुष्टहरुको भेला बसेको हो भन्ने जिज्ञासा राखेका थिए । भेलामा उपस्थित डडेल्धुरा सभापति मल्लले पनि कसैलाई घेराबन्दी गरेर कमजोर बनाउने उद्देश्य आफूहरुको नभएको प्रतिक्रिया दिए । ‘‘पार्टी बलियो बनाउँदा पार्टीको प्रधान नेतृत्व पनि बलियो हुन्छ । यो कसै गुट-उपगुटको भेला होइन’’ उनले भने । 
   
सभापति मल्लले भेलामा बारा र पर्सामा भएको जनधनको क्षतिमा जिल्ला सभापतिहरुकातर्फबट गर्न सकिने सहयोग, वर्तमान सरकारका गतिविधि र पार्टीलाई मजबुत बनाएर सरकारविरुद्ध रणनीति तय गर्ने बारेमा छलफल हुने बताए । 

जिल्ला सभापति बानियाँले भेलामा ४३ जिल्लाका सभापतिहरु उपस्थित भएको पनि दाबी गरे । तर होटल स्रोतले भेलामा तीस जनाको हाराहारीमा मानिसहरु उपस्थित रहेको बताएको छ । सभापति बानियाँले भेलाले गर्ने निर्णयहरु बिहीबार बेलुकी ५ बजे पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement