site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादमा प्रहरी नेतृत्वः होला निष्पक्ष निर्वाचन ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गर्दै मिति घोषणा गरेको छ ।
निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमाथि पनि नेपाल प्रहरीका भूमिका झनै महत्वपूर्ण ।
नेपाल प्रहरीले चुनावको अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ । तर अहिले देखिएको प्रहरी नेतृत्वको विवाद र प्रहरी मुख्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म देखिएको गुटले गर्दा प्रहरीले भयरहित चुनाव गराउन सक्ला त भन्ने प्रश्न उब्जिसकेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकै बेला लामो समय प्रहरीको संगठन सम्हालेका उच्च तहका अधिकारी रिटायर्ड भएका छन् ।
सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गरेपछि सर्वोच्चले उक्त निर्णय कानुनसम्मत नभएको भन्दै तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरकालिन आदेश दियो । नेतृत्व नभएको, त्यसमाथि पनि विवादमा रहेको अवस्थामा प्रहरीले शान्त र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्ला ?
“यो फलानो पक्ष त्यो अर्को पक्ष भन्दै केन्द्रदेखि जिल्लासम्मका प्रहरी अधिकारी सिफारिस हुने अवस्था आयो,” एक प्रहरी उच्च अधिकारी भन्छन्, “यस्तो बेला प्रहरीको मनोवल नै कमजोर भएको अवस्था छ ।”
प्रहरीको ‘चेन अफ कमाण्ड’ नै भत्कने हो कि भन्ने खतरा रहेको एक प्रहरी अधिकारीको भनाइ छ ।
“एकले अर्कोको कुरा नसुन्ने र ‘चेन अफ कमाण्ड’ नमान्ने अवस्था आएको बेला कसरी चुनाव शान्त र निष्पक्ष होला ?,” प्रहरी मुख्यालयमा कार्यरत एक डीआईजीले नाम उल्लेख नगर्ने सर्तमा भने, “दलका नेताहरुले खल्तीको सम्झेर प्रहरीलाई चलाएको अहिलेको अवस्थामा निष्पक्ष चुनाव हुन्छ भन्नु केटाकेटीलाई भुलाएजस्तै हो । दलका नेताहरुका कारण प्रहरी संगठन डामाडोल भएको अवस्थामा कसरी हुन्छ निष्पक्ष चुनाव ?”
उनी त्यतिमा अडिएनन्, “आफूलाई सहयोग गरेमा चुनाव जिताइदिने भन्दै नेताहरुको घरदैलो चहार्ने प्रहरी अधिकारीले के चुनाव निष्पक्ष गराउनलान् !”
पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले पनि अहिले प्रहरी नेतृत्वमा देखिएको विवादले चुनावमा प्रत्यक्ष असर पुग्न सक्ने बताए । “हालको नेतृत्व विवादले चुनावमा प्रत्यक्ष असर गर्छ, प्रहरी भनेको चुनावको अग्रपंक्तिमा रहेर काम गर्ने निकाय हो । त्यो कुरा विगतका चुनावलाई हेरे पुग्छ,” रानाले बाह्रखरीसँगको कुराकानीमा भने, “तर नेतृत्वमा विवाद छ भन्दैमा चुनाव पूरै विफलै हुन्छ र भाँडभैलो हुन्छ भन्दै अड्कलबाजी गर्न मिल्दैन । फिल्डमा खटिने प्रहरी अधिकारीमा भर पर्ने कुरा हो । व्यावसायिक छवी भएकाहरुले आफ्नो काँधमा आएको जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्छ ।”
उनले प्रहरी अधिकारीले पनि हाकिमको भन्दा कानुनको आदेश पालना गर्नुपर्ने बताए । 
राना भन्छन्–“चुनावलाई शान्त र भयरहित सम्पन्न गर्न प्रहरीको मुख्य भूमिका रहन्छ । प्रहरी अधिकारी नै राजनीतिमा चासो राखेर कसैलाई काखा र कसैलाई पाखा गर्ने हो भने त्यसले भोलिको व्यवस्थामा नै असर पुग्छ ।”
प्रहरी मुख्यालयका एक जना वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “प्राविधिक पृष्ठभूमिबाट आउनुभएको निमित्त आईजीपीले कसरी यो सबै व्यवस्थापन गर्न सक्नुहोला भन्ने प्रश्न हामीभित्रै पनि उठेको छ । प्रहरी संगठन सिस्टममा चलेको बेला जो आईजीपी भए पनि फरक पर्दैन । तर अहिले त्यो अवस्था छैन । राजनीतिक रंगले प्रहरीको सिस्टम पूरै बिग्रिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro