site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारविरुद्ध जनमत सिर्जना कि महाधिवेशन तयारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक गुटबन्दीमा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु सरकारविरुद्ध जनमत सिर्जना गर्न जिल्ला दौडाहामा निस्किएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्षसहित कांग्रेसका नेताहरु जनमत सिर्जना गर्न जिल्ला दौडाहामा निस्किएका हुन् । 

सरकारविरुद्ध जनमत सिर्जनाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह विभिन्न जिल्लाको दौडाहामा छन् । वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्मका लागि भन्दै पूर्वी जिल्लाको भ्रमणमा छन् । महामन्त्री डा. शशांक कोइराला आइतबारबाट पश्चिम नेपालका जिल्लाका लागि निस्किएका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंह जिल्ला दौडाहाकै क्रममा झापा पुगेका छन् । 

नेता पौडेलको साथमा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, गगन थापा, पूर्वसांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् । उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारबाट पश्चिम नेपालको भ्रमणमा निस्केका महामन्त्री डा. कोइरालासँग केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र कल्याणकुमार गुरुङ छन् । उनी ५ नम्बर प्रदेशका बर्दिया, बाँके, दाङ, पाल्पा हुँदै गुल्मी भएएर चैत १७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको निजी सचिव भरत तिवारीले जानकारी दिए । 

यस्तै पूर्वमहामन्त्री सिंहको साथमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ सहभागी छन् । उनको टोली पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । 

Global Ime bank

पार्टीभित्रका विवाद थाती राखेर नेताहरु समूह–समूहमा जिल्ला दौडाहामा निस्केपछि आगामी महाधिवेशनको तयारीमा जुटेको अड्कल काटिन थालिएको छ । तर जिल्ला भ्रमणमा निस्किएका नेताहरुले आफूहरु सरकारविरुद्ध जनमत सिर्जनाका लागि राजधानी बाहिर भ्रमणमा निस्किएको बताएका छन् ।   

‘‘हाम्रो भ्रमणको महाधिवेशनसँग कुनै सम्बन्ध छैन । कम्युनिष्ट सर्वसत्तावादका विरुद्ध कांग्रेसले चाँडै देशव्यापी जागरण अभियान सञ्चालन गर्न गइरहेको छ,’’ पार्टीका महामन्त्री डा. शशांक कोइरालाका साथ पश्चिम नेपालका जिल्लाहरुको दौडाहामा निस्किएका युवा नेता गुरुङले भने, ‘‘त्यसैको पूर्वतयारीमा हामीहरु जिल्ला–जिल्ला निस्किएका हौं ।’’

कम्युनिष्ट नेतृत्वको सरकारको सर्वसत्तावाद विरुद्ध कांग्रेस र नेपाली जनता एकजुट भएर अगाडि आउनुपर्ने अवस्था आइसकेका उनको भनाइ छ । कांग्रेसको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले देशव्यापी जनजागरण अभियान सञ्चालनको निर्णय गर्ने नेता गुरुङले बताए ।  बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रको संरक्षणका लागि जनमत सिर्जना गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनले दाबी गरे । 

‘‘यो सरकारका गतिविधिहरु सर्वसत्तावाद उन्मुख देखिन्छ । बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रको संरक्षणका लागि त्यसका विरुद्ध जनतम सिर्जना गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ,’’ युवा नेता गुरुङले भने । 

नेताहरुले कम्युनिष्ट सरकारविरुद्ध जनमत सिर्जनाका लागि जिल्ला भ्रमणमा निस्किएको दाबी गरे पनि कांग्रेसमा आगामी महाधिवेशनको चटारो सुरु भैसकेको देखिन्छ । जिल्ला दौडाहामा निस्किएका नेताहरु सभापति शेरबहादुर देउवाले महासमिति बैठकको भावना विपरित बहुमतका आधारमा विधान पारित गरेको तथ्यमा टेकेर जिल्ला–जिल्लामा आफ्नो पक्षमा आगामी महाधिवेशनका लागि माहोल सिर्जना गरिरहेका छन् । 

‘‘भन्नलाई जे भने पनि हुन्छ । तर उहाँहरु महासमितिको निर्णय उल्ट्याइएको तथ्य देखाएर नेतृत्वले विधान विपरित पार्टी सञ्चालन गरिरहेको छ भन्ने सन्देश बोकेर महाधिवेशनको रणनीतिमा लाग्नुभएको छ,’’ एक केन्द्रीय सदस्यले भने ।  

जिल्ला भ्रमणमा निस्किएका नेताहरु पनि पार्टीमा आगामी महाधिवेशनको तयारी सुरु भइसकेको स्वीकार गर्दछन् । ‘‘कांग्रेसका नेताले जसरी काम थालेका छन् त्यसले महाधिवेशनले छोए जस्तो छ,’’ पूर्वमहामन्त्री सिंहको भ्रमण टोलीमा परेका केन्द्रीय सदस्य बलबहादुर केसीले बाह्रखरीसँग भने, ‘‘अहिले पार्टीभित्र देखिएको समिकरणले महाधिवेशन लागेको अर्थ बुझाउँछ ।’’ 

तर आधिकारिक रुपमा टिमको हिसाबले सरसल्लाह गरेर योजनावद्ध तरिकाले भने कोही पनि जिल्ला दौडाहामा ननिस्कएको उनको भनाइ छ । नेता केसीले वर्तमान नेतृत्वले कांग्रेसलाई माथि उठाउन नसक्ने जिकिर गर्दै आफूहरु नयाँ नेतृत्वको खोजीम रहेको पनि प्रष्ट पारे । 
‘‘नेतृत्व ठिक ढंगले चल्न पनि सकेन र पार्टीलाई चलाउन पनि सकेन भन्ने निष्कर्षमा हामी पुगेका छौं,’’ केन्द्रीय सदस्य केसीले भने, ‘‘हारेको सेनापतिले युद्ध जित्न सक्दैन । युद्ध जित्ने कमाण्डर चाहियो । त्यसकारण अब नयाँ सेनापतिको खोजी हो ।’’ 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement