site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीभित्रको असन्तुष्टि साम्य पार्ने देउवाको प्रयास, असन्तुष्ट नेताहरुलाई निवासमा बोलाए

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध मोर्चाबन्दीमा लागेका पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टीमा चुलिएको असन्तुष्टि साम्य पार्ने उद्देश्यले सभापति देउवाले आफूविरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । 

सभापति देउवाले आज आइतबार दिउँसो साढे २ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा छलफलका लागि पार्टीका शीर्ष तहका नेताहरुलाई बोलाएको वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि पार्टीका शीर्ष नेताहरुका बीचमा आइतबार दिउँसो छलफल हुन गइहरेको पुष्टि गरेका छन् । ‘‘भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकभन्दा अगाडि सिनियर लिडरहरु पदाधिकारी, पूर्वपदाधिकारीहरु बसेर मिटिङको प्रि–छलफल हुन लगोको हो,’’ उनले बाह्रखरीसँग भने । 

छलफलमा संस्थापन इतर समूहले असहमति राख्दै आएको महासमिति बैठकमा जनाइएको प्रतिवद्धता, पार्टीको अनुशासन समिति, निर्वाचन समिति, भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । संस्थापन इतर समूहले पार्टीभित्रको विवाद सहमतिका माध्यमबाट समाधान नगरिए केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने चेतावनी दिँदै आएको छ । गएको फागुन २२ गते केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकले असहमतिका विषयलाई सभापति देउवाले छलफल गरेर सहमतिमा नटुंग्याएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो । 

चाक्सीबारी बैठकले पार्टीको अनुशासन समिति र निर्वाचन समितिमा सर्वस्वीकार्य व्यक्तिहरुलाई समेटेर गठन गर्नुपर्ने पनि माग गरेको थियो । न्यायिक समितिका रुपमा मानिने अनुशासन समिति र निर्वाचन समिति पार्टीभित्र सबैले मान्न सक्ने ‘सिनियर’ नेतालाई राखेर गठन नगर्दासम्म सहभागी नहुने पनि निष्कर्ष निकालेको थियो ।

संस्थापन इतर समूहले सहमति नजुटाएरै बोलाइने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निकष्र्ष निकालेकै भोलिपल्ट फागनु २३ गते सभापति देउवाले चैत ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका थिए । 

यसबीचमा सभापति देउवाले संस्थापन इतर समूहका नेताहरुसँग पार्टीमा देखिएको विवाद मत्थर पार्न कुनै संवाद गरेका थिएनन् । सभापति देउवा जिल्ला दौडाहामा निस्कनु परेकाले पार्टीको आन्तरिक छलफल हुन नसकेको श्रोतको भनाइ छ । 

त्यस्तै संस्थापन इतर समूहले पनि चाक्सीबारी बैठकपछि आन्तरिक छलफल नगरेको नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro