site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
\'शासकीय नेतृत्वको अभावमा सरकारले विप्लवलाईसमेत विश्वासमा ल्याउन सकेन\'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शासकीय नेतृत्वको अभाव देखिएको टिप्पणी गरेको छ।
 
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलीपल्ट पत्रकार सम्मेलन गरेर प्रतिपक्षी कांग्रेसले सत्तारुढ दलमा शासकीय नेतृत्वको अभाव देखिएको टिप्पणी गरेको हो।
 
बुधबार पार्टी केन्द्रीय कार्यालय सापनेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘सरकारको पछिल्लो निर्णयबाट शासकीय नेतृत्वको अभाव देखियो।’’

हिंसाको बाटोबाट समाधान सम्भव नभएको भन्दै कांग्रेसले सरकारसँगका विमति र असन्तुष्टिको समाधानका लागि विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनु पर्नेमा जोड दिएको छ। सरकारले नागरिक जीवनको सुरक्षा गर्न, मुलुकमा शान्ति-सुरक्षा कायम गर्नका लागि सरकारले चाल्नु पर्ने कदमको गाम्भीर्यताप्रति पनि कांग्रेस प्रष्ट रहेको प्रवक्ता शर्माको भनाइ थियो।

 ‘‘हिंसाको बाटोबाट समाधान हुँदैन। शान्तिपूर्ण राजनीतिमा आउनु पर्दछ भन्ने नेपाली कांग्रेसको विगतको ताजा नजिर हामीले जे प्रयोग गर्‍यौं हामी त्यस विषयमा प्रष्ट छौं,’’ शर्माले भने, ‘‘तर, सरकारले नागरिक जीवनको सुरक्षा गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, त्यसका लागि सरकारले कठोर बन्नुपर्ने परिस्थितिको गाम्भीर्यताप्रति पनि हामी प्रष्ट छौं।’’ 

मुलुकमा शान्ति, सुरक्षा स्थापना गर्न, नागरिक जीवनको रक्षा गर्न सरकारले चालेको पछिल्लो कदमप्रति कांग्रेसको विमति नभएको भन्दै शर्माले सरकारलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधानको बाटो अंगिकार गर्न सझुाव पनि दिए।
 
‘‘शान्ति सुरक्षा स्थापित गर्ने सवालमा, नागरिक जीवनको रक्षा गर्ने सवालमा सरकार गम्भीर बन्नेप्रति कांग्रेसको विमति बिल्कुलै होइन। सरकारलाई यस काममा हाम्रो समर्थन रहन्छ,’’ उनले भने, ‘‘तर, यसको दीर्घकालीन समाधानको सन्दर्भमा फेरि पनि लोकतन्त्रको सौन्दर्य भनेको संवाद, सहमति, सहकार्य हो, त्यही प्रक्रियाबाट मुलुक समुन्नत बन्नुपर्छ।’’
 
सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीलाई कांग्रेसले विश्वासमा लिएर शान्ति प्रक्रियाको बाटोमा डोर्‍याएको स्मरण गर्दै प्रवक्ता शर्माले विप्लवलाई विश्वासमा ल्याउनका लागि सरकारसँग क्षमता नभएको टिप्पणी गरे।
     
‘‘पहाड जत्रै उचाइ बनाइसकेको माओवादीलाई विश्वासमा लिन सक्ने नेतृत्व क्षमता कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियो,’’ उनले पत्रकार सम्मेलनमा भने, ‘‘आज सानो आकार र आयतनको तर आफ्नै गोत्र बन्धुलाई विश्वासमा गाँसेर मूल बाटोमा ल्याउन सक्ने क्षमता सरकारसँग देखिएन।’’

प्रवक्ता शर्माले प्रतिबन्ध लगाइएको नेकपालाई विश्वासमा ल्याउने कार्यमा सरकारको सफलताको कामना पनि गरे। ‘‘आफ्नै गोत्र बन्धुहरुको विश्वासलाई गाँस्ने कुरामा सरकारको भूमिका प्रखर हुन सको्स’’ उनले भने।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro