site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले बोलाएको बैठक बहिस्कार गर्ने पौडेल–सिटौला समूहको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले बोलाएको बैठक नै बहिस्कार गर्न सक्ने चेतावनी दिएको छ । पार्टीभित्र देखिएका विवादित विषयहरु पहिल्यै समाधान गरेर बैठक नबोलाए बहिस्कार गर्ने चेतावनी सो समूहले दिएको हो ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा तीनदिनसम्म बसेको सो समूहको बैठकले यस्तो चेतावनी दिएको हो ।

महासमितिले दिएको म्यान्डेट विपरित केन्द्रीय समितिले विधान पारित गरेको भन्दै ५६ जिल्ला सभापतिले विज्ञप्ती जारी गरेकै समयमा पार्टीका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको तीनदिनसम्म बसेको बैठकले पार्टीमा सभापति देउवा स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकाल्दै विवादित विषयमा पहिल्यै सहमति नगरे बहिस्कार गर्ने तयारी गरेको एक नेताले बताए ।

कांग्रेसमा नेविसंघको महाधिवेशन, विधान संशोधन, अनुशासन समिति र  निर्वाचन समिति गठनलगायतका विषयमा विवाद छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले विधान संशोधन बहुमतका आधारमा केन्द्रीय समितिबाट पारित गरेपछि अर्को समूह आक्रोशित बनेको हो । पौडेल, सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेललगायतका नेताहरुले केन्द्रीय समितिको निर्णयमै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

संस्थापन इतर समूहले आफ्ना असहमतिका विषयलाई सभापति देउवाले छलफल गरेर सहमतिमा नटुंग्याएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो । ‘‘हामी केही दिनअघिको बैठकमा आफ्ना केही असहमति राखेर बैठक बहिष्कार गरेर निस्किएका थियौं,’’ नेता बलबहादुर केसीले बाह्रखरीसँग कुरा गर्दै भने, “त्यो कुरालाई सभापतिले जबसम्म टुंगो लगाउनुहुन्न तबसम्म बैठकमा सहभागी नहुने निर्णय भएको छ ।’’

Global Ime bank

चाक्सीबारीमा बसेको बैठकले सभापति देउवाले विधानलाई आफू अनुकल ब्याख्या गर्दा पार्टी इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेकोे निष्कर्ष पनि निकालेको छ । 

बुधबार सकिएको बैठकले सभापति देउवाले आफूलाई विधानभन्दा माथि राखेर अगाडि बढेकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालेको हो । बैठकले देउवा सिंगो पार्टीको सभापति समेत बन्न नसकेको निष्कर्ष निकालेको छ । 

‘‘सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा पार्टीलाई चलाएर सिंगो कांग्रेसको सभापति बन्न सक्नुभएन । पार्टीको विधानलाई आफू अनुकुल ब्याख्या गरेर, विधानभन्दा माथि आफूलाई राखेर पार्टी सञ्चालन गर्नुभएको छ,’’ बैठकमा सहभागी केन्द्रीय सदस्य केसीले भने, ‘‘त्यसले गर्दा आजको दिन नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर भएको निष्कर्षमा निस्किएको छ ।’’ 

पार्टीको महत्वपूर्ण दस्तावेज विधानलाई पनि बहुमत र अल्पमतका आधारमा निर्णय गरेर सभापति देउवाले पार्टी विभाजन गर्ने काम गरेको पनि ठहर गरेको छ ।  महासमिति बैठकको भावना विपरित केन्द्रीय कार्यसमिति बैठकमा विधानलाई बहुमतका आधारमा टुंग्याएर सभापति देउवाले पार्टी विभाजन गर्ने काम गरेको आफूहरुको निष्कर्ष रहेको संस्थापन इतर समूहको आरोप छ ।   

चाक्सीबारी बैठकले पार्टीको अनुशासन समिति र निर्वाचन समितिमा सर्वस्वीकार्य व्यक्तिहरुलाई समेटेर गठन गर्नुपर्ने पनि माग गरेको छ । ‘‘अनुशासन समिति र निर्वाचन समिति भनेका न्यायिक समिति हुन् । यसमा पार्टीभित्र सबैले मान्न सक्ने सिनियर साथीहरुलाई राखेर गठन नगर्दासम्म सहभागी नहुने बैठकले निर्णय गरेको छ,’’ बैठकमा सहभागी अर्का केन्द्रीय सदस्य जीवन परियारले बाह्रखरीसँग भने ।  

संस्थापन इतर समूहले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान अनुसार ३२ वर्ष मुनीको नेतृत्वमा तदर्थ समिति गठन गरिनुपर्ने पनि माग गरेको छ । उनीहरुले सभापति देउवालाई महासमितिको भावना विपरित बहुमतका आधारमा विधान बारे गरिएको निर्णयलाई पुनर्विचार गर्न पनि आग्रह गरेका छन् । 

‘‘महासमितिको निर्णय उल्ट्याएको विषयमा पुनर्विचार गर्नुपर्छ । यो विधिसम्मत भएन,’’ नेता केसीले भने । बैठकले आगामी महाधिवेशन निर्धारित समयभित्रै गर्नुपर्ने अडान दोहोर्‍याउँदै महाधिवेशनका लागि सभापति देउवाले नै पहल गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्था सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग लड्नुपर्ने भएकाले आन्तरिक किचलोमा धेरै लाग्न नहुनेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।  ‘‘हाम्रो लडाईँ भनेको यति बेला नेकपा सँगै हो । हामीले संसददेखि लिएर सडकसम्म नेकपासँग लड्नुपर्ने बेलामा पार्टीभित्र आन्तरिक किचलोमा धेरै लाग्नु हुँदैन,’’ वरिष्ठ नेता पौडेलको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘‘विवादित विषयहरु सभापतिले छलफलबाट टुंग्याउनुपर्छ त्यसको विकल्प छैन् ।’’ 

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, जीवन परियार लगायतका नेताहरु उपस्थित थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement