site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
vs_iALF7JrA
Sarbottam CementSarbottam Cement

काठमाडौं । विधानमा जारी विवाद टुंग्याउन नेपाली कांग्रेसले फागुन ९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन कांग्रेस उपसभापति विमलेन्द्र निधि पार्टी कार्यालय पुग्दा विद्यार्थी समूहबाट घेरिन पुगे । उनलाई घेर्ने समूह थियो, कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला निकटका विद्यार्थीको । ‘हामी केही जान्दैनौं, ३२ माथि मान्दैनौं’ भन्दै चर्को–चर्को स्वरमा उनीहरुले नाराबाजी गरेर बाटो छेकेपछि उपसभापति निधिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले विद्यार्थीहरु पन्छाउन खोजे । 

आफूहरुलाई सुरक्षाकर्मी लगाएर ‘बल प्रयोग’ गरेको भन्दै सिटौला समूहका विद्यार्थीहरुले उपसभापति निधिलाई ‘धक्का–मुक्का’ गरे । विद्यार्थीको ‘धक्का–मुक्का’ बीच पार्टी कार्यालयको मूलद्वार पुगेर निधि सहमहामन्त्री डा. प्रकाशशरण महतका साथ फेरि तल झरेर आफूलाई दुर्व्यवहार गरेको भन्दै आक्रोश पोख्न थाले । सोही क्रममा नेताद्वयले केही विद्यार्थी नेतालाई अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिए । 

त्यसको भोलिपल्ट नेविसंघको विघटित केन्द्रीय समितिका उपाध्यक्ष पुष्पकुमार शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘राजनीतिक संस्कारविहीनहरु, नैतिकता र अनुशासनहिनताको पनि पराकाष्ठा नाघ्नेहरु कुनै गुटको मतियार भएर पार्टीको उपसभापति र सहमहामन्त्री जस्तो गरिमामय व्यक्तित्वहरु माथि अभद्र व्यवहार गर्नेहरुलाई खुला चुनौती– यही महिनाको १२ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आउन् । जय नेपाल !’ 

Prabhu Bank
Agni Group
NIC Asia

सोही दिन पार्टी सभापति शेरबहादुर देउवा निकट नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले फेसबुकमा लेखे, ‘अराजकता र अनुशासनहीनता जुनसुकै संस्कार र जुनसुकै फेदको भए पनि स्वीकार्य छैन ! मनन् गरौं, नत्र चल्दैन !!’ 

कांग्रेसले आइतबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठक सुरु हुनुअगावै पुगेर सिटौला निकट विद्यार्थीहरुको समूहले ३२ वर्षमाथिको तदर्थ समिति नमान्ने भन्दै नाराबाजी सुरु गर्यो । आइतबार नै संस्थापन पक्षीय विद्यार्थीहरु पनि पार्टीभित्र बढिरहेको अन्तरघात, अराजकता र अनुशासनहिनता विरुद्ध भन्दै मौन जुलुसका साथ सानेपा पुगे । 

Global Ime bank

यसबीचमा प्रहरीले कांग्रेस पार्टी कार्यालय प्रवेश गर्ने गेटबाट कुनै पनि विद्यार्थीलाई भित्र प्रवेश गर्न दिएको थिएन । कांग्रेस नेताहरु पार्टी कार्यालय प्रवेश गरिरहेका थिए, त्यस क्रममा सिटाैला निकट विद्यार्थीहरु नेता सवार गाडीको दायाँ–बायाँ भएर नारा लगाइरहेका थिए– हामी केही जान्दैनौं, ३२ माथि मान्दैनौं । 

सोही क्रममा उनीहरुले सभापति देउवा सवार गाडीलाई केहीबेर अवरोध गरेर नाराबाजी गरेपछि संस्थापन निकट विद्यार्थीहरु आक्रोशित भइसकेका थिए । उनीहरुले केहीबेरपछि पुगेका नेता कृष्णप्रसाद सिटौलालाई रोकेर पार्टीमा अनुशासनहीनता बढ्दै गएकाले नियन्त्रणको पहल गर्न माग गरे । संस्थापन पक्षीय विद्यार्थीहरुले आफू निकट नेता सिटौलालाई ‘र्‍याखर्‍याखती’ पारेको निष्कर्षमा पुगेका विद्यार्थीहरुले संस्थापन पक्षले झुण्ड्याएको ब्यानर च्यातचुत पारिदिए । 

उनीहरुले च्यातेको ब्यानरमा लेखिएको थियो– जुझारु र गतिशील नेविसंघका लागि ऋषिकेशजंग शाहको आवश्यकता । ब्यानर च्यातिएपछि दुई पक्षबीच भनाभन सुरु भयो । भनाभनकै क्रममा सिटौला समूहबाट पानीको बोतल हान्न सुरु भयो । 

त्यसपछि दुवै पक्षबाट ढुंगा हानाहान सुरु भयो । प्रहरीले विद्यार्थीहरुलाई तितरवितर गर्न लाठी प्रहार गर्न सुरु गरेपछि आक्रोशित दुवै पक्षका विद्यार्थीहरु प्रहरीमाथि नै जाइलाग्न थाले । झण्डै आधा घण्टासम्म चलेको विद्यार्थीको ढुंगामुढा र प्रहरीको लाठीचार्जका क्रममा दुवै पक्षका केही विद्यार्थीहरु घाइते भएका छन् । यस क्रममा प्रहरीले समाचार संकलनमा गएका पत्रकारहरुमाथि पनि कुटपिट गरेको छ । 

यसैबीच बिहान ११ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै सुरु हुन सकेको छैन । फागुन ९ गते १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो । कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने अथवा वडा तहबाटै चुनिएर आउने भन्ने विषयमा विवाद छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement