site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार कठोर भए हामी गीता श्लोक सुनाएर बस्दैनौं : कांग्रेस 

काठमाडौं । कांग्रेसले सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास गरे आफूहरु सशक्त रुपमा अघि बढ्ने चेतावनी दिएको छ ।

“सरकार कठोर भए कांग्रेस गीताको श्लोक सुनाएर फर्किँदैन । हामी शालीनता र सशक्ततासँगै प्रस्तुत हुन्छौं । सरकारले बहुमतलाई अगाडि बढाउँदै गर्दा बहुमतको रातो झण्डा ओढाउने नाममा विवेकलाई सेतो काक्रो ओढाइन्छ भने सैह्य हुँदैन,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग कुरा गर्दै भने ।

उनले प्रधानमन्त्रीलाई प्रतिक्षा गरेर निकास निकाल्नुनै अहिलेको उत्तम विकल्प भएको उनले बताए ।

“प्रधानमन्त्रीलाई प्रतिक्षा गर्नु नै सरकारका लागि उत्तम विकल्प हो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई आग्रह गर्छ,” उनले भने ।

उनले आजको केन्द्रीय समितिको बैठकमा महासमिति बैठकमा आएका सुझाव समेटेर प्रतिवेदन तयार पार्ने, नेविसंघको म्याद, डा. केसीको अनशन, जीपी कोइराला र  सुशील कोइरालाका नाममा रहेका अस्पताल, संवैधानिक परिषदले गरेको पछिल्लो निर्णय र निर्मला हत्या प्रकरणका बारेमा छलफल हुने जानकारी दिए ।

उनले केन्द्रीय समितिको बैठक संसदमा पछिल्लो समय भएका विषयमा बढी केन्द्रित हुने पनि धारणा राखे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro