site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध संघर्षको लागि रणनीति तय गर्दै 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । महासमिति बैठकमा महासमिति सदस्यहरुबाट प्राप्त भएका सुझावहरुलाई समेटेर पार्टीको विधान लगायतका दस्तावेजहरुलाई अन्तिम रुप दिन कांग्रेसले बिहीबार बैठक डाकेको हो । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बिहीबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकमा सुझावका रुपमा आएका विषयहरुमा छलफल हुने जानकारी दिए ।  ‘‘विधान परिमार्जनसहित पारित गर्ने भन्ने महासमिति बैठकले निर्णय गरेको थियो । त्यसमा कुन–कुन विषयहरु एड्रेस गर्ने भन्ने छ । महासमितिमा आएका कुराहरुमा छलफल हुन्छ,’’ उनले बाह्रखरीसँग भने । 

महासमिति बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावअनुसार पार्टीको विधान परिमार्जन नहुने देखिएको छ । उनीहरुले दिएको सुझाव अनुसार सभापति र वरिष्ठ नेताले विधान परिमार्जन हुने प्रतिवद्धता जनाए पनि अन्य नेताहरु सहमत देखिँदैनन् । 

KFC Island Ad
NIC Asia

जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिका सदस्यहरु तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा लागू गरिनुपर्ने सुझाव महासमिति बैठकमा दिएका थिए । तर कांग्रेसका नेताहरु जिल्ला सभापतिको सुझाव अनुसार विधान परिमार्जन गर्न अनिच्छुक देखिएका स्रोतको भनाइ छ । 

सहमहामन्त्री डा. महतले पनि जिल्ला सभापतिहरुले दिएको सुझाव सम्बोधन नहुने संकेत गरेका छन् । ‘‘जिल्ला सभापतिहरुको मात्रै कुरो होइन, महासमिति बैठक हो । त्यसबाट आएका सुझावहरु मध्ये कुन कुन समावेश गरेर विधान परिमार्जन गर्ने भन्ने कुरो हुन्छ,’’ बाह्रखरीसँगको कुराकानीमा उनले भने, ‘‘धेरै विषयहरुमा छलफल भएको छ । सबैलाई समग्रमा हामीले नोट गरेका छौं । केही कुराहरु व्यवहारिक रुपमा मिलाउनुपर्ने पनि हुन्छ । छुटेको अथवा नमिलेका कुराहरु पनि छन् ति सबैका बारेमा छलफल हुन्छ ।’’ 

Royal Enfield Island Ad

केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिसँगै सरकारका पछिल्ला गतिविधिका बारेमा पनि छलफल हुने बताइएको छ । कांग्रेसका युवा नेताहरुले पार्टीले खेल्नु पर्ने प्रतिपक्षी भूमिका प्रभावकारी नभएको भन्दै केन्द्रीय समितिमा कुरा राख्ने तयारी गरेका छन् । 

कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउने विषयमा आगामी केन्द्रीय कार्यसमिति बैठकमा कुरा राखिने जानकारी दिए । ‘‘अव पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउँँछौं । जवसम्म कांग्रेसलाई सरकारका लोकतन्त्रविरोधी कदमका विरुद्ध उठाएर आन्दोलनका निम्ति ल्याउन सक्दैनौं तबसम्म प्रतिपक्षीय भूमिका प्रभावकारी देखिँदैन,’’ उनले बाह्रखरीसँग भने । 

संसदमा कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्दागर्दै पनि सरकार एकलौटी ढंगबाट विपक्षीलाई पेलेर अगाडि बढ्ने सोचबाट ग्रसित भएकाले कांग्रेसका सामु सडक संघर्षको विकल्प नभएको नेताहरुको भनाइ छ ।  ‘‘सरकारलाई जुन दुई तिहाईको दम्भ छ, त्यो दम्भविरुद्ध सडक संघर्ष र सदन संघर्ष दुबै अपनाउनुपर्छ,’’ अर्का युवा नेता धनराज गुरुङले बाह्रखरीसँग भने, ‘‘हामीसँग आन्दोलनको विकल्प देखिदैन । यस विषयमा आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गर्छौं ।’’   

सरकारले उठाइरहेका स्वेच्छाचारी कदमलाई प्रतिपक्षीले टुलुटुलु हेरेर बस्नु मुलुकका लागि दुर्भाग्य हुने दाबी गर्दै उनले सरकारका कमीकमजोरी र गैर–जिम्मेवारी कदमलाई कांंग्रेसले गम्भीर भएर सजग हुुनपर्ने बेला आएको बताए ।   

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु पनि पछिल्लो समयमा सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुन्दै आएका छन् । उनीहरु विभिन्न जिल्लामा भइरहेका प्रशिक्षण, भेटघाट लगायतका कार्यक्रमहरुमा सरकार विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै आएका छन् ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro