site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समानान्तर गतिविधिमा रहेका नेविसंघ नेताहरु सरकारविरुद्ध हातेमालोमा 
SkywellSkywell

काठमाडौं । दुई वर्षे कार्यकाल अवधिभर पानी बाराबारको अवस्थामा देखिएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति ‘कामचलाउ’ को अवस्थामा आइपुग्दा एउटै कार्यक्रममा हातेमालो गरिरहेको देखिएका छन् । संस्थापन पक्षले मनोमानी ढंगले संगठन सञ्चालन गरेको आरोप लगाउँदै २०७४ पुस १६ बाट समानान्तर गतिवधि चलाउँदै आएका महामन्त्री बुधबार नयाँ बानेश्वरमा अध्यक्ष महरसँगै हातेमालो गरिरहेको देखिएका हुन् । 

सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै चिकित्सा शिक्षा विधेयक, २०७५ पास गर्ने रणनीति अपनाएपछि नेविसंघका अध्यक्ष महर र महामन्त्री काफ्ले लामो समयपछि पहिलो पटक एक साथ आन्दोलनको मोर्चामा देखिएका हुन् । 

यसअघि नेता कृष्णप्रसाद सिटौलाले अगुवाई गरेको कांग्रेसको ‘तेस्रो धार’ निकट रहेका महामन्त्री काफ्लेले सार्वजनिक रुपमै घोषणा गरेर संस्थापन पक्षका विरुद्ध समानान्तर गतिविधि गर्दै आएका थिए ।  

KFC Island Ad
NIC Asia

 

Royal Enfield Island Ad

‘‘२०७४ पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनबाट समानान्तर गतिविधिमा लागेका महामन्त्री काफ्ले र अध्यक्ष महर आज (बुधबार) पहिलो पटक सार्वजनिक रुपमा एक साथ देखिनुभएको हो,’’  काफ्ले निकट एक विद्यार्थी नेताले बाह्रखरीसँग भने, ‘‘उहाँहरु १२ औं महाधिवेशनका ईस्युमा एक ठाउँमा उभिनुभएको थियो । तर यसरी सार्वजनिक कार्यक्रममा भने पहिलो पटक नै हो एक साथ सहभागी हुनुभएको ।’’

गुटबन्दीमा रुमलिँदै आएको कांग्रेसको भ्रातृ संगठन नेविसंघमा पहिल्लो समय ‘इस्यु’ गत गुट देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि बनेका ‘इस्यु’को गुटले फरक–फरक नेता निकट देखिँदै आएका विद्यार्थी नेताहरुलाई एक ठाउँमा उभ्याइदिएको छ । 

पार्टीमा देखिएका संस्थापन, पौडेल र सिटौला समूहझैं नेविसंघमा पनि देखिँदै आएका तीन धारका नेताहरु महाधिवेशनको मुद्दामा आफ्नो समूह छाडेर स्वार्थ मिल्ने नेताहरुसँग नजिक देखिएका छन् । १२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् । 

११ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडे पनि अध्यक्ष महर र महामन्त्री काफ्ले पहिलो केन्द्रीय कार्यसमिति बैठकबाटै फरक–फरक धारमा उभिएका थिए । ‘‘उहाँहरु सँगै चुनाव लडेर कार्यकालभरी दुई धारमा विभक्त भएको छर्लङ्गै छ । तर पछिल्लो समयमा महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरणको एजेण्डामा दुवैजना एक ठाउँमा उभिनुभएको थियो । सार्वजनिक कार्यक्रममा भने आज पहिलो पटक हातेमालो गरेको देखिनुभएको हो’’ महामन्त्री काफ्ले निकट एक केन्द्रीय सदस्यले भने ।     

नेविसंघले बुधबार गरेको प्रदर्शनमा अध्यक्ष महर र महामन्त्री काफ्लेले एक साथ उभिएर सरकारको चर्को आलोचना गरेका छन् । सरकार सामु १६ प्रश्नहरु तेस्र्याएर गरिएको प्रदर्शन पछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा उनीहरुले केपी ओली नेतृतवको सरकार जनविरोधी क्रियाकलापमा संलग्न रहेको आरोप लगाएका छन् ।  

\"\"

‘‘पछिल्लो समयमा कम्युनिष्ट सरकार अनुदार रुपले चिकित्सा शिक्षा विधेयक पास गर्ने रणनीतिमा लागेपछि सदन भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने नीति कांग्रेसले लिएका कारण नेविसंघ सडक आन्दोलनमा उत्रिएको अध्यक्ष महरको भनाइ छ । 

‘ने क पा नेतृत्वको सरकारलाई नेविसंघका १६ प्रश्न’ उल्लेख गरेर बुधबारदेखि सरकारविरुद्ध देशव्यापी संघर्ष सुरु भएको उनले बताए । कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई संघीय सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गरिनुपर्ने लगायतका माग गर्दै नेविसंघले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो । 

\"\"

यी हुन नेविसंघले सरकारसामु तेर्स्याएका १६ प्रश्न 

१) नेपाली कांग्रेसको सरकारले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो ? 

२) निर्मला पन्त बलात्कार हत्याकाण्डका अभियुक्तहरुलाई सरकार किन संरक्षण गर्दैछ ? 

३) ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ ? 

४) वाइडबडी घोटालामा सरकारी संलग्नता ढाकछोप किन ? 

५) पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थय संस्था किन खारेज गर्न खोजिदै छ ? 

६) दैनिक उपभोग्य  बस्तुमा ३०० प्रतिशत भन्दा बढी मूल्यवृद्धि किन ? 

७) चिनी लगायतमा भएको अर्बौंको भ्रष्टाचारको छानविन कहिले हुन्छ ? 

८) कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन ? 

९) राष्ट्रिय गोरवको बुढी गण्डकी जलविद्युत आयोजना विदेशीलाई किन ? 

१०) यातायातको सिण्डिकेट नहटाउन कति कुम्ल्यायौ ? 

११) प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन ? 

१२) नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर बिना व्याजन ऋणको व्यवस्था कहिले लागू हुन्छ ? 

१३) शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था किन भएन ? 

१४) माध्यामिक शिक्षा निःशुल्कको संवैधानिक व्यवस्था कहिले लागू हुन्छ ? 

१५) विद्यार्थीका लागि नियमित निःशुल्क स्वास्थ्य विमा किन कार्यान्वयन भएन ? 

१६) नेविसंघको आन्दोलनले जन्माएको स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकशित हुदैन ?    


  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro