site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघको म्याद माघ १० गतेसम्म थपियो, नेतृत्वविहीन नहुने 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने भएको छ । विधानतह आज (बुधबार) रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुन भए पनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने भएको हो ।   

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखिएको जानकारी दिएका छन् । “नेविसंघ अर्को निर्णय नहुँदासम्म नेतृत्वविहीन हुन मिल्दैन ।नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्यसमितिबिहीन पनि हुन मिल्दैन,’’ उनले बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘‘त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’’

गत भदौ २ गते २ वर्षिय कार्यकाल समाप्त भएपछि विधानतह नेविसंघको कार्यकाल ३ महनिा थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो । 

आफ्नै नेतृत्वमा १२ औँ महाधिवेशन हुने दाबी गर्दै आएका नेविसंघका अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीन पटक निर्णय गराएर महाधिवेशनको मिति तोके पनि हुन सकेको भने छैन् । पहिलो पटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रो पटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रो पटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो ।

नेविसंघले महाधिवेशनको तयारी स्वरुप अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ । नेविसंघको केन्द्रीय समितिमा समेत चरम विवाद रहेको छ । अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

त्यस्तै संस्थापन इतर समूहको ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएको थियो । राजीनामा बुझाएका विद्यार्थी नेताहरु महरको नेतृत्वमा महाधिवेशन हुन नसक्ने देखिएपछि संगठनलाई निकास दिन मार्गप्रशस्त गर्न आफूहरुले राजीनामा दिएको दाबी गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro