site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्याप्टेन अवालेको जहाज उडान प्रतिबन्ध कायम राख्न सर्वोच्चको आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिइ यथास्थितिमै राख्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ । 

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फौजदारी अभियोग लागेर अदालतबाट सजाय पाएपछि क्याप्टेन अवालेलाई आजीवन जहाज उडाउन नदिने निर्णय गत साउन तेस्रो साता गरेको थियो ।

उड्डयन प्राधिकरणको निर्णयविरुद्ध अवालेले सर्वोच्च अदालतमा हालै रिट दायर गरेका थिए । त्यसपछि सर्वाेच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण र निगमलाई घटनाबारे सोधेको थियो । लगत्तै प्राधिकरणले अवालेको उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरी उडानमा लगाइएको प्रतिबन्ध र निगमले घटनाबारे विस्तृत जानकारी दिएपछि सर्वोच्चले अन्तरकालीन आदेश दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“क्याप्टेन अवालेलाई जहाज उडाउन प्रतिबन्ध लगाइएको विषयमा सर्वोच्च अदालतबाट जवाफ मागिएको थियो र हामीले विस्तृत जानकारी दिएपछि अन्तरकालीन आदेश भएको हो,” प्राधिकरण उच्च स्रोतले सोमबार बाह्रखरीसँग भन्यो, “यसको अर्थ हाम्रो निर्णय यथावत राख्नू भन्ने हो । अवालेको लाइसेन्स नवीरकण हुँदैन र उनले फेरि जहाज उडाउन पाउँदैनन् ।”

अवालेलाई जहाज उडाउन आजीवन प्रतिबन्ध लगाइए पनि निगम व्यवस्थापनले हालसम्म उनलाई पदबाट निलम्बन गरेको छैन । जहाज उडाउन नपाए पनि उनले निगमबाट करिब डेढ वर्ष नियमित तलब खाँदै आएका थिए । तर, प्राधिकरणले उनको लाइसेन्स नवीकरण नगरी उडान गर्न प्रतिबन्ध लगाएपछि भने निगमबाट उनको तलब रोक्का भएको थियो । 

Global Ime bank

निगम व्यवस्थापनले गत असार पहिलो साता अवालेलाई फेरि जहाज उडाउन दिने व्यवस्था मिलाइदिन भन्दै प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि अवाले स्वयं आफूलाई जहाज उडाउन दिनुपर्ने भन्दै प्राधिकरण धाएका थिए ।

फौजदारी अभियोग लागेका अवालेजस्ता पाइलटका हकमा उड्डयन ऐन, नीतिनियम, कानुनमा स्पष्ट व्यवस्था नभएका कारण नीतिगत निर्णय गर्न प्राधिकरणले पर्यटन मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको थियो ।

प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागमा धरौटी बुझाएर तारेखमा छुटेका क्याप्टेन अवालेलाई अनिश्चितकालका लागि उडान गर्न दिन नमिल्ने निर्णय २०७४ फागुन २७ मा गरेको थियो । २०७३ चैत २८ मा जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा ९३ हजार ६ सय अमेरिकी डलरसहित अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । कानुनअनुसार एक व्यक्तिले त्यसबेला २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँथ्यो । उड्डयन नियमअनुसार जहाजको चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन ।

“प्रतिवादी सुवर्ण अवालेलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७(१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँबराबरको रकम जरिवाना हुने ठहरिएको छ,” अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गत गरेको फैसलामा उल्लेख छ, “अवालेले उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाइ जरिवानावापत सदरस्याहा गर्नू ।”  

अदालतमा अवालेले दिएको बयानमा उल्लेख गरेका थिए, “काठमाडौंबाट दुबई उडान गर्न जाने क्रममा मेरो झोलामा ९३ हजार ६ सय अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो । जहाज उडान, तालिम, भत्तालगायत आम्दानीबाट यो परिमाणबराबरको डलर घरमा सञ्चय गरेको थिएँ र त्यही रकम अमेरिकामा रहेकी जेठी छोरीलाई दिन लिएर जाँदा विमानस्थलमा पक्राउ परेको हुँ ।”

अवालेको बयानपछि अदालत फैसलामा “अवालेबाट अबैध विदेशी मुद्रा बरामद भएको देखिन आयो र अनुमति नलिइ उक्त रकम छोरीलाई पठाउने उद्देश्यले लगेको हो भनी कानुनको अज्ञानतावस उक्त कार्य भएको भनी बयान गरेको देखिए पनि कानुनको अज्ञानता क्षम्य नहुने हुँदा अवालेलाई अभियोग दाबीबमोजिमको सजाय निर्धारण हुनसक्ने देखियो,” उल्लेख छ ।

फौजदारी अभियोगपछि क्याप्टेन अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको एक समितिको प्रतिवेदनपछि उड्डयन प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको थियो ।

“फौजदारी अभियोग लागेपछि अहिलेको अवस्थामा क्याप्टेन सुवर्ण अवालेमाथि मानसिक तनाव र दबाब हुन सक्ने भएको हुँदा यात्रु र जहाजको सुरक्षाका दृष्टिले यात्रुबाहक उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने” प्रतिवेदनको ठहर छ ।

फौजदारी अभियोगपछि धरौटीमा छुटेका अवालेलाई २०७४ पुस ७ गते सरकार  आफैंले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा सिंगापुर पठाउने अनुमति दिएको थियो । त्यसको भोलिपल्ट अवाले मलेसिया हुँदै सिंगापुर गएका थिए । 

नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ ।

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागीर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०–२००’ सिरिजका जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय