site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई एसएसपीका लागि ४ महिना रोकिएको थियो सरुवा, आइजीपीलाई गलाएरै एसएसपीको सरुवा 
SkywellSkywell

काठमाडौं । काडमाडौं उपत्यकाको सुरक्षा व्यवस्थासँग मुलुककै सुरक्षा व्यवस्थाको भविष्य जोडिएको हुन्छ ।  त्यसैले काठमाडौंको प्रहरी प्रमुखलाई बरियताको क्रममा सानो भए पनि उनलाई दोस्रो आईजीपी भन्ने गरिन्छ । किनभने, काठमाडौंको जनसङ्ख्यासँगै सुरक्षा व्यवस्थाको चुनौती पनि धेरै हुन्छ ।

काठमाडौंको सुरक्षा व्यवस्थाले मुलुकको सुरक्षा व्यवस्थाको प्रतिनिधित्व गर्छ ।  काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखाका प्रमुख एसएसपी परिर्वतन गर्ने तयारी करिव ४ महिना अघि नै भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखाको प्रमुखको सरुवा नियमत ४ महिना अघि नै हुनुपर्ने हो । तर गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच कुरा नमिलेका कारण सरुवा लबिएको थियो ।

KFC Island Ad
NIC Asia

काठमाडौंका यी दुई मुख्य स्थानमा को ल्याउने भन्ने बारेमा प्रहरी प्रमुख र गृहमन्त्रीको सहमति भएपछि मात्र सरुवा गरिने चलन भने यसपटक तोडिएको छ ।

जब काडमाडौं परिसर, अपराध महाशाखा र ललितपुर प्रहरी प्रमुखमा को ल्याउने भन्ने कुरा भयो त्यहीदिन देखि प्रहरी प्रमुख र गृहमन्त्रीबीच विवाद बढेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।

Royal Enfield Island Ad

सरुवाको कुरा हुँदै गर्दा गृहमन्त्री विमलेन्द्र निधीले काठमाडौं प्रहरी प्रमुखमा छबिलाल जोशी र अपराध महाशाखामा दिनेश अमात्य ल्याउने प्रस्ताव पहिले नै गरेका हुन् । तर महानिरीक्षक अर्यालले असहमति जनाए ।  अर्याल चार महिना बित्न लाग्दासमेत यो कुरा मान्न तयार थिएनन् । 
प्रहरी मुख्यालय स्रोत भन्छ, “यी दुई जनाको कारणले धेरैको सरुवा रोकिएको थियो ।”

काठमाडौं प्रहरी प्रमुखमा स्वच्छ छवी भएका, आर्थिक लोभमा नफस्ने व्यक्तिलाई ल्याउनुपर्ने अर्यालको अडान रहेको थियो । तर गृहमन्त्री निधीले दुई जनाका लागि अडान छाड्दै छाडेनन् ।

“गृहमन्त्रीको प्रस्ताव आइजीले पटक पटक अस्वीकार गर्नुभएको थियो,” प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, “प्रहरी प्रधान कार्यालयको सहमतिमा गृह मन्त्रालयले सरुवा निकाल्ने हो । तर ४ महिनासम्म दुई जनाका कारण सम्पूर्ण एसएसपीको सरुवा रोकियो । अन्तिममा गहृमन्त्री निधीले एकलौटी सरुवा गर्ने तयारी गरेपछि सहमतिमा आउन बाध्य हुनुभयो । तर यो उहाँलाई पटक्कै चित्त बुझेको छैन ।”

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखामा ल्याइएका ल्याएका जोशी र अमात्य स्वच्छ छवीको नभएको महानिरीक्षकको ठहर रहेको स्रोतले जानकारी दियो ।

बुधबार भएको सरुवाअनुसार महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा लगिएको छ भने उनको ठाँउमा दिनेश अमात्यलाई ल्याइएको छ । महानगरीय प्रहरी परिसर प्रमुखमा छविलाल जोशीलाई सरुवा गरी ल्याइएको छ । 

त्यसैगरी प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललाई प्रहरी मुख्यालय, युएन शाखामा सरूवा गरिएको छ । ललितपुर प्रहरी प्रमुखमा एसएसपी ठूले राईलाई ल्याइएको छ । त्यसैगरी एसएसपी महेन्द्र पोखरेल सिन्धुली तालिम केन्द्र, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

ललितपुर प्रमुख भएर चलाएका पिताम्बर अधिकारीलाई मेची प्रहरी प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा शेरबहादुर वस्नेत, सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायलमा मोहन जोशी र सगरमाथा अञ्चल प्रहरी प्रमुखमा बलराम शर्मा पुगेका छन् ।

एसएसपी विष्णुहरी गौतम गण्डकी अञ्चल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जित सरुवा भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७३  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro