site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुन भित्र्याएको कमिसन प्रहरीकै उच्च तहसम्म भागबण्डा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पछिल्ला दिनमा भएको सुन तस्करीको भागबण्डा प्रहरीकै उच्च तहसम्म पुग्ने गरेको पक्राउ परेकाहरुले बयान दिएका छन् ।

बयानमा खटिएका एक अधिकारीकाअनुसार पक्राउ परेकाहरुले यसमा प्रहरीकै उच्च तहका केही अधिकारीको पनि संलग्ना रहेको बयान दिएका छन् ।

प्रहरीले सुन तस्करीमा संलग्न ६ जनालाई अहिलेसम्म पक्राउ गरिसकेको छ । उनीहरुकै बयानका आधारमा यसमा केही प्रहरीकै उच्च अधिकारीको पनि मिलेमतो देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ परेका सुन तस्कर र भन्सारका कर्मचारीको बयानबाट केही प्रहरीका उच्च अधिकारीको पनि संलग्नता देखिएको स्रोतले जनायो । 

स्रोतले भन्यो, “यति धेरै सुन कसरी भित्रिएको छ र कहाँ लगिन्छ भन्ने बारेमा गहिरो तरिकाले अनुसन्धान भैरहेको छ । यसरी तस्करी गर्नेहरु सबैभन्दा बढी विमानस्थल वरिपरी रहने प्रहरीसँग नै बढी डराउने गरेका रहेछन् । त्यसैले पहिले नै प्रहरीका केही उच्च अधिकारीसँग मिलेमतो गरेर सुन भित्र्याउने गरेको पाइयो । यसबारेमा अनुसन्धान हुँदैछ ।”

Global Ime bank

बिहीबार पक्राउ परेका भन्सारका अधिकृत श्रीनारायण यादव लेजर मेसिनमा काम गर्ने मुख्य व्यक्ति हुन् । उनैले प्रहरीको उच्च तहसम्म ‘सेटिङ’ मिलाउने काम गरेको प्रहरी स्रोतले जानकारी दियो । स्रोत भन्छ, “सुन तस्करीमा केही प्रहरी अधिकारीको पनि संलग्नता रहेको बयानबाट खुलिसकेको छ, पक्राउ पर्ने हुन÷ हैनन्, जानकारी भएन ।” 

स्रोतले थप्यो, “पक्राउ परेका यादवले चेक गर्ने लेजर मेसिन सम्हालेका हुन्छन् । शंका लागेको अवस्थामा उनैको निर्देशनमा सामान रोक्ने हो । उनी नै त्यो तस्करी समूहमा रहेछन् । अनुसन्धानबाट खुल्दैछ ।”

स्रोतका अनुसार यादवसहित अन्य केही कर्मचारीलाई पनि पक्राउको तयारी गरिएको छ ।
“अनुसन्धान हुँदैछ, सेटिङ गर्ने सुन बोक्ने तथा सुन बजारमा लैजानेहरुको अनुसन्धान सकिएपछि सुन किन्नेहरुको पालो आउँछ,” स्रोतले भन्यो । 

प्रहरी संलग्नताका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी नवराज सिलवालले भने अहिले कसको संलग्नता भन्ने पुष्टि भइनसकेको बताए ।

“अहिले नै को–को कसरी संलग्नता भन्ने खुलेको छैन,” सिलवालले बाह्रखरीसँग भने, “गृह मन्त्री स्वयम्ले सुन तस्करीका बारेमा गम्भीर रुपमा अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । हामी पनि त्यहीअनुसार अनुसन्धानकै क्रममा छौैं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय