१) पवनकुमार संघाई
पेसा : व्यापार
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको फरार सूचीमा
कसुर : इफेड्राइन/स्युडोइफेड्राइन कारोबार
१) कमल कुमार अग्रवाल
पेसा : व्यापार
कसुर : इफेड्राइन्/स्युडोइफेड्राइन कारोबार
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको फरार सूचीमा
३) शंकरलाल हालन, रोसहत हालन, अमित गुप्ता अग्रवाल, मधुसुधन अग्रवाल, अजयकुमार गुप्ता, अशोक गुप्ता अग्रवाल, श्रुति अग्रवाल, अक्षय अग्रवाल, आशिष अग्रवाल, अमित गुप्ता अग्रवाल र सुधा अग्रवाल
पेसा : व्यापार
कसुर : लागु औषध कारोबार
व्यापारीको पहिचान बनाएका यी सबै अहिले अपराधी समूहको रूपमा परिणत भएको छ । भारतबाट अनधिकृत रूपमा नेपाल भित्र्याएर इफेड्राइन/स्युडोइफेड्राइन भन्ने रसायन विदेश सप्लाइ गरेको पाइएपछि प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गएको असारमा पवनको कम्पनीका केही कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । तर, पवनलगायत १२ जना अझै फरार सूचीमा छन् । “अनुसन्धानमा दोषी देखिएका व्यक्ति ठूलो–सानो भन्ने हुँदैन । सबैले कारबाही भोग्नैपर्छ,” ब्युरोका एसएसपी गणेश केसीले बाह्रखरीसँग भने । फरार रहेका सबैलाई प्रहरीले खोजिरहेको उनले बताए । ब्युरोको तथ्यांकअनुसार ०४९ सालयता लागु औषध कारोबारको सूचीमा ४ सयभन्दा बढी छन् । “फरार सूचीमा रहेकाहरू कोही दुई–तीन पटक पक्राउ परी कारबाही भोगेकाहरू पनि छन्, कोही नयाँ छन्,” ब्युरोका डीएसपी अपिल बोहोराले भने ।
ब्युरोले फरार सूचीमा रहेकाहरुलाई खोजी गर्न विषेश टोली नै परिचालन गरेको छ । लागु औषधबाट सहजै धेरै नाफा हुने र पक्राउ परे पनि जेल सजायमात्र हुने भएका कारण जेल परेर छुटेकाहरु पनि पुनः पेसामा लाग्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।