site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रालय नै अटेर गर्छन् विद्युत् महसुल बुझाउन
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । विभिन्न १८ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई कम्तिमा ३ करोड रुपैयाँ बिजुली महशुल बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । 
१८ मन्त्रालयले झण्डै ३ करोड रुपैयाँ बिजुली बक्यौता भुक्तानी गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी महशुल बक्यौता गृह मन्त्रालयको छ । गृहले मात्रै १ करोड ३ लाख ७५ हजार रुपैयाँ महशुल तिर्न बाँकी छ । सबैभन्दा कम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको छ । सो मन्त्रालयले ७ हजार १९ रुपैयाँ महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । 
अधिकांश मन्त्रालयले बिजुली महशुल तिर्न बाँकी रहेको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । “अधिकांश मन्त्रालयले महशुल तिर्न बाँकी छ,” उनले भने “सरकारी निकाय भएकाले महशुल उठाउन सकिन्छ ।” उनले सम्हालेको ऊर्जा मन्त्रालय र जल तथा शक्ति आयोगले बिजुली महशुल भुक्तानी गरेको छ । यस्तै सिँचाइ मन्त्रालयले समेत महशुल बुझाएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले पटक–पटक ताकेता गरे पनि गृहलगायत अन्य मन्त्रालयले बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका छन् । गत असारमा प्राधिकरणले ७ दिनभित्र बिजुलीको महशुल तिर्न सार्वजनिक सूचना प्रकाशित गरे पनि मन्त्रालयले नै अटेर गरेका छन् । सरकारले प्रत्येक वर्ष बिजुली महशुल तिर्नका लागि करोडौं रुपैयाँ वजेट विनियोजन गरे पनि मन्त्रालयले महशुल भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ ।  महशुल नितिर्नेको लाइन काट्ने अभियान सुरु गरेपछि विद्युत् प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ बढी पुरानो वक्यौता असुल गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro