site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेका भवनको निर्माण सम्पन्न प्रमाणपत्र तथा निर्माण प्रमाणित गर्न सुरु गरेको छ । महानगरले मापदण्डभित्र रहेर भवन निर्माण भए÷नभएको प्रमाणित गर्न सुरु गरेको हो । 
महानगरका राजश्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार महानगरले २०७३ असार अन्तिमसम्म निर्माण गरिएका सबै प्रकृतिका भवनको निर्माण  सम्पन्न प्रमाणपत्र तथा निर्माण प्रमाणित गर्नेछ । घरधनीले पुस अन्तिमसम्ममा प्रमाणित गरिसक्नुपर्नेछ । पुस मसान्तसम्म भवन निर्माण  सम्पन्न प्रमाणपत्र तथा निर्माण प्रमाणित नगरे स्थानीय स्वायत्त शासन ऐन, २०५५ बामेजिम कारबाही हुनेछ । ऐनको दफा १६३ मा निर्माण  स्वीकृति लिइएको वा बढी लिएको पाइएमा भत्काउन निर्देशन दिइने उल्लेख छ । साथै आफैं भत्काउन नमाने महानगरले भत्काइदिनेछ । तर, महानगर आफैंले भत्काउनुपरे त्यसबापत लाग्ने खर्च घरधनीले नै तिनुपर्ने ऐनमा उल्लेख छ ।
प्रमाणित गर्नका लागि सेवाग्राहीले जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि र आशिंक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपि आवश्यक पर्नेछ । त्यसैगरी स्वीकृति नलिई निर्माण भएको भए सोको स्केच, क्षेत्रफल र तला स्वयं घोषणा गरिएको निवेदन, निर्माण सम्पन्न लिएको भए सोको प्रतिलिपि र चालु आर्थिक वर्षसम्मको मालपोत तथा घर जग्गा, बहाल, व्यवसाय र मनोरञ्जन कर तिरेको कागजपत्र बुझाउनुपर्नेछ । काठमाडौंमा करिब २ लाख भवन छन् । तर, भवन निर्माण स्वीकृत नलिएका र स्वीकृति लिएभन्दा बढी भवन निर्माण गरिएका भवनको एकिन तथ्याकं महानगरसँग छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro