site stats
बाह्रखरी :: Baahrakhari
शान्तिकृष्ण अधिकारी
ओली र गौतमको महत्वाकाङ्क्षा कि लोकतन्त्र ?
ओली र गौतमको महत्वाकाङ्क्षा कि लोकतन्त्र ?<p>ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षाले जनताको वर्षौँदेखिको निरंकुशताबाट मुक्ति पाउने इच्छालाई पूर्ण गरी दियो । कुनै असल कर्म, विशेष योग्यता र जनचाहनाविना नै राजाको छोरो राजा हुँदै आएको परम्परा सिद्धियो । तर, प्रधानमन्त्री ओलीका कदमले भने नेपालको संविधान, जनताले रगत र पसिना दिएर ल्याएको गणतन्त्रलाई र नेपालीको भित्री चाहनालाई घात गर्दैछन् । यसबाट केपी ओलीको पतन हुँदा त कुनै साधारण नेपालीको केही बिग्रँदैन तर लोकतन्त्रमाथि नै कुठाराघात हुन पुग्यो भने कुनै पनि लोकतन्त्रवादीले सहलान् जस्तो लाग्दैन ।</p>