site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनमा उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् । उपचारका लागि चीन गएका उनी आज स्वदेश फर्किएका हुन् ।

सोमबार साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले स्वागत गरे ।

जन्डिससम्बन्धी समस्या बल्झिएपछि गएको असोज १३ गते उनी पत्नी ओनसरी घर्तीसहित बैंकक गएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि चिकित्सको सुझावमा उतैबाट उनी चीन गएका थिए । चीन रहँदा लामो समय अस्पतालमै रहेका उनी स्वास्थ्यमा सुधार भएपछि आज स्वदेश फर्किएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २०:४४