राजनीति
गगन र विश्वप्रकाश विजयी : कांग्रेस महामन्त्रीमा कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।
यस्तै, महामन्त्रीका अरू उमेदवारहरू डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६८२ मत खसेको थियो । आज मतगणनापछि अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १५:३२
प्रतिक्रिया दिनुहोस्