site stats
बाह्रखरी :: Baahrakhari
देश
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण 
Ghorahi CementGhorahi Cement

चितवन । चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाही नौ वर्षदेखि कलेजो रोगबाट पीडित भई उपचार सम्भव नभएपछि प्रत्यारोपणको प्रतीक्षामा बसेका थिए । शाहीमा यही असार १८ गते झन्डै १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ ।

Agni Group

शाहीकी श्रीमती ४८ वर्षीया कमलादेवी शाहीले कलेजो प्रदान गरेकी थिइन् । यसअघिको कलेजो प्रत्यारोपणभन्दा योपटक ‘कम्लिकेटेड’ प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ । आज अस्पतालमा पत्रकार सम्मलेन गरी सोबारे जानकारी दिइएको हो ।

उक्त कार्यमा कलेजका विशेषज्ञ चिकित्सक डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार शाह, डा. सागर पौडेल, डा. वरुण श्रेष्ठ र डा. किरण अधिकारीसहित झन्डै दुई दर्जन विशेषज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम संलग्न थियो । प्रत्यारोपणमा भारतका चिकित्सकको टिमसमेत सघाएको थियो ।

Global Ime bank

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले नेपालमै पहिलोपटक कम्लिकेटेड कलेजो प्रत्यारोपण गरिएको दाबी गरे । “यो एक प्रकारको कम्लिकेटेड कलेजो प्रत्यारोपण हो,” उनले भने, “योपटक पीभीटी (कलेजोमा जाने रगतको नलीमा रगत प्रवाह अवरुद्ध हुने) भएकोे बिरामीमा ट्रान्सप्लान्ट गरेका हौँ । नेपालमा हालसम्म कतै गरिएको रेकर्ड छैन ।” उनका अनुसार यो शल्यक्रिया गर्न थप जोखिम र चुनौती हुन्छ ।

शाहीको अवस्था राम्रो हुँदै गइरहेको जनाइएको छ । “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई डिस्चार्ज गर्न सकिने अवस्था छ,” उपचारमा संलग्न चिकित्सक डा. सञ्जय यादवले भने । शाहीकी श्रीमती भने डिस्चार्ज भइसकेकी छन् ।

दुईदेखि तीन महिनामा शाही दम्पती दुवैजनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउने चिकित्सकले बताए । यो प्रत्यारोपण गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने देवकोटाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu