site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्दिभ्समा चम्किँदै सावित्रा, भन्छिन्– बिदेसिन बाध्य नबनाऊ
Tiktok banner adTiktok banner ad

नेपाली महिला फुटबलकी धरोहर हुन् सावित्रा भण्डारी । सावित्राले नेपाली फुटबलमा थुप्रै कीर्तिमान राखेकी छिन् । दक्षिण एसियाकै चर्चित स्टाइकर सावित्रा र मिडफिल्डर अनिता बस्नेत अहिले माल्दिभ्समा छन् । 

माल्दिभ्सको घरेलु फुटसल प्रतियोगिता विमेन्स फुटसल फिएस्टा २०१८ मा माल्दिभ्स पुलिस क्बलबाट सावित्रा र अनिताले खेलिरहेका छन् । पहिलो खेलमा नै आफ्नो क्लबलाई शानदार जित दिलाएकी सावित्रा र अनिताले यसअघि पनि माल्दिभ्सको घरेलु प्रतियोगिता खेलेका थिए । गत वर्ष माल्दिभ्स एयरपोर्ट क्लबबाट खेल्दै आफ्नो टिमलाई सेमिफाइनलसम्मको यात्रा पार गराएकी सावित्राको क्रेज माल्दिभ्समा पनि उत्तिकै छ । 

माल्दिभ्सको पुलिस क्लबसँग आबद्ध भएकी सावित्रासँग बाह्रखरीका सरोज तामाङले गरेको कुराकानीः

कस्तो भइरहेको छ माल्दिभ्स बसाइ र प्रतियोगिता ?
राम्रो भइरहेको छ । अरु देशहरूमा जस्तो नभए पनि रमाइलो नै छ । पहिलो खेलमा हामीले वाम्को टिमलाई ३–० गोलअन्तरले पराजित गरेका थियौं । अब शनिबार टिम मेडसँग प्रतिस्पर्धा हुँदैछ ।

माल्दिभ्स पुलिस क्लबमा कसरी आबद्ध हुनुभयो ?
यसअघि अनिता र मैले माल्दिभ्स एयरपोर्ट क्लबबाट राम्रो खेलेका थियौं । यो क्लबमा जुन इमेज बनाएका थियौं, त्यसले गर्दा पनि हो । त्यसबेला क्लबमा राम्रा खेलाडी पनि थिएनन् । हाम्रै मेहनतले एयरपोर्ट क्लबले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यसले गर्दा पनि पुलिस क्लबमा आबद्ध हुन पुगेकी हुँ ।

हामीलाई यो सिजनमा अन्य दुई क्लबबाट पनि बोलाइएको थियो तर गएनौ । माल्दिभ्सकी कप्तान फाधुवा जाहिरसँग मेरो चिनजान थियो । अनि उहाँले मलाई खेल्नका लागि प्रस्ताव गर्नुभएको थियो । त्यसपछि हामी यो क्बलमा आबद्ध भएका हौं । 

कति पारिश्रमिकमा आबद्ध हुनुभएको हो ?
२ हजार डलरमा हो । यो हाम्रो सबै सेवासुविधा कटाएर पाउने रकम हो । ९ वटा टिम रहेको यो प्रतियोगिता अप्रिल १८ तारिखसम्म हुन्छ । सबै व्यवस्था क्लबले नै उपलब्ध गराएको छ ।

विदेशी भूमिमा खेल्दा कस्तो फाइदा पुग्छ ?
नेपालमा फुटबल निकै कम हुन्छ । आफू फिटनेसमा रहिरहनका लागि पनि यस्ता अवसरले निकै फाइदा पुग्ने गर्छ । विदेशी खेलाडीसँग खेल्दा आफ्नो स्किल विकास हुनका साथैै क्षमता पनि बढ्छ ।

खेलाडीको उचित व्यवस्थापन नहुनु तथा घरेलु प्रतियोगिता शून्यजस्तै हुँदा कस्तो लाग्छ ?
यस्तै पारा हो भने म बिदेसिन्छु जस्तै लाग्छ । नेपाली फुटबलको अहिलेको अवस्थाले निराश बनाइसक्यो । एउटा इमेज बनाइसकेपछि त्यो इमेजलाई मेन्टेन गर्न निकै गाह्रो परेको अवस्था छ । घर परिवार पाल्नैपर्यो । अहिले महिला फुटबलमा केही छैन । 

यसरी नै चल्ने हो भने भोलि बिदेसिन बाध्य हुन्छु । नेपाली महिला फुटबलमा परिवर्तन भएन भने ममात्रै हैन, अरु पनि विदेशिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro