site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सोल । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ । 

प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच सो फोनवार्ता भएको हो । 

उनीहरुबीच शुक्रबार फोनवार्ता भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

Agni Group

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चुन यि योङले उहाँका अमेरिकी समकक्षी एचआर म्याकमास्टरसँग फोनवार्ता गर्नुभएको बताइएको छ । 

उहाँहरुबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो । उीहरुले उत्तर कोरियाली अवस्थाको बारेमा कुराकानी गर्नुभएको ब्ल्यु हाउसले जनाएको छ । 

Global Ime bank

हालैका दिनमा उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणका विषयका साथै यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनावका बारेमा सो फोनवार्तामा कुराकानी भएको थियो । 

उत्तर कोरियाले यदि यस्तो खालको क्षेप्यास्त्र परीक्षण गरेका त्यसका विरुद्धमा एक साथ लड्नेगरी आगामी दिनमा नियन्त्रणात्मक कार्यक्रमहरुको तयारी गर्ने बारेमा सो अवसरमा कुराकानी भएको बताइएको छ । 

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका शङ्कास्पद र उत्तेजक क्रियाकलाप सीमा क्षेत्रमा पछिल्लो समयमा गरेको नभेटिएको बिहीबार मात्र जनाएको थियो । 

उत्तर कोरियाले फेरि पनि आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिण कोरियाले पछिल्लो समयमा निगरानी गरिरहेको जनाएको थियो । सोही अनुसार उसले बिहीबार उक्त कुरा जनाएको थियो । 

दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरिएको छ र उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको नदेखिएको बताएको हो । 

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । 

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट कुनै प्रकारको वार्ता पनि भएको छैन । 

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।     

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC