site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतलाई लगानी बढाउन चेम्बरको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतलाई लगानी बढाउन नेपाल चेम्बर अफ कमर्शले आग्रह गरेको छ । काठमाडौंमा सोमबार चेम्बरले नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरीलाई स्वागत कार्यक्रमको आयोजना गरी लगानी बढाउन आग्रह गरेको हो । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा ठूलठूला मेघा परियोजना, जलविद्युत आयोजना, व्यापार, पर्यटन, फास्ट ट¥«याक लगायत क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए । उनले  भारतसंग करिब ७० प्रतिशत व्यापार हुने गरेको भन्दै दुई देशबीचको व्यापारमा थोरै मात्र समस्या आए नेपाललाई प्रत्यक्ष असर पर्ने भन्दै एकआपसको सल्लाहले अघि बढ्न पर्ने सुझाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पछिल्लो समय भारतले नयाँ कर प्रणाली ‘जीएसटी’ लागु भएको छ,” उनले भने “सो सम्बन्धी बिलिङ्ग, आयात निर्यात लगायत सम्बन्धमा प्रष्ट हुन सकेका छैनौं, औपचारिक रूपमा प्रष्ट गराउन आवश्यक छ ।” 

त्यस्तै चेम्बरले भारतबाट आउने पर्यटकहरु बढाउन समेत आग्रह गरेको थियो ।

Global Ime bank

सो अवसरमा राजदुत पुरीले नेपालमा अरुण तेस्रो, अप्पर कर्णाली लगायत ठूला जलविघुत आयोजनामा भारतले लगानी गरेको जनाए । “ प्रकृतिक रुपमा नेपाल मनमोहक र सुन्दर छ,” उनले भने “ विश्वको ध्यान तानिएको छ ।” त्यस्तै उनले नेपालमा रहेको जनशक्तिको सदुपयोग गर्न पर्ने समेत सुझाए ।

उनले बाह्य पर्यटनलाई आकर्षण गर्न भिषा लगायतका विभिन्न क्षेत्रमा नयाँ प्रविधिहरुकोे प्रयोग गर्न आवश्यक रहेको जनाए । ‘जीएसटी’ले भारत र नेपाललाई नै फाइदा पुग्ने भन्दै यसबाट मूल्य घट्ने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय