site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा सबभन्दा अनुभवी भारतीय टिम, उचाल्ला त विश्वकपको ट्रफी ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप जेठ १६ देखि ३१ गतेसम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । सहभागी हुने दश टोलीले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेर तयारी सुरू गरीसकेका छन् । 

सहभागी टोलीमध्ये दुई पटकको च्याम्पियन भारतले अनुभवी खेलाडीलाई समेट्दै टोली तयार पारेको छ । सफल खेलाडीको परिचय बनाएका विराट कोहलीको कप्तानीमा रहने भारतीय टोलीमा अधिंकाश खेलाडी अनुभवी छन् ।
 
चार युवा स्टार समेटिएको भारतीय टोलीमा महेन्द्रसिंह धोनी जस्ता अनुभवी सिनियर खेलाडी छन् । उनी ३ सय ४१ बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रेका छन् । उनको ब्याटिङ एभरेज ५० दशमलब ७२ छ । एकदिवसीय वरियतामा नम्बर १ मा रहेका खेलाडी बिराट टोलीका कप्तान छन् । २ सय २७ बढी खेलमा कोहली सहभागी भइसकेका छन् । 

वरियतामा दोस्रो नम्बरमा रहेका रोहित पनि टोलीका अनुभवी खेलाडी हुन् । उनले २ सय ६ एकदिवसीय खेल खेलेका छन् । समग्रमा विश्वकप खेल्ने १० टोलीमध्ये भारतीय टोलीमा अनुभवी खेलाडीको मिश्रण छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँ भारतीय १५ सदस्यीय टोलीबारे चर्चा गरिएको छ । यद्यपी भारतीय क्रिकेट बोर्डले एकसाता अघि टोली फेरबदल हुनसक्ने पनि बताएको छ ।
 
१. विराट कोहली ‘कप्तान’ 

दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय विश्वकप यात्रा सुरू गर्ने भारतीय टोलीका कप्तान हुन् विराट कोहली । एकदिवसीय वरियतामा शीर्षस्थानमा रहेका कोहली भारतीय टोलीका सफल खेलाडी हुन् ।
 
२००८ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका कोहलीले २ सय २७ खेलमा १० हजार ८ सय २७ रन बनाइसकेका छन् । उनले ४१ शतक तथा ४९ अर्धशतक बनाएका छन् । उनको सर्वाधिक रन १ सय ८३ हो । भारतलाई विश्वकप फाइनलमा पुर्‍याउने रणनीतिमा रहेका ३० वर्षीय कोहली दायाँ हाते ब्याटसम्यान हुन् । 

Global Ime bank

२. महेन्द्रसिंह धोनी 

विश्वकप खेल्ने भारतीय टोलीमा महेन्द्रसिंह धोनी सबभन्दा अनुभवी खेलाडी हुन् । एकदिवसीय विश्वकप करीअरको अन्तिम अवस्थामा रहेका धोनीले टोलीका लागि विश्वकप जिताउने सपना बोकेका छन् । ३७ वर्षीय धोनीले ३ सय ४१ एकदिवसीय खेलमा १० हजार ५ सय रन बनाएका छन् । १० शतक र ७१ अर्धशतक उनको एकदिवसीय करीअरमा छ । उनले २००४ मा बंगलादेशविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । उनले अन्तिम एकदिवसीय खेल अष्ट्रेलियाविरुद्ध खेलेका हुन् । 

३. रोहित शर्मा 

भारतीय टोलीमा अर्का अनुभवी खेलाडी हुन रोहित शर्मा । विश्वकपको १५ सदस्यीय टोलीमा रहेका रोहितले २ सय ६ एकदिवसीय खेलमा ८ हजार १० रन बनाएका छन् । विश्वकपमा नयाँ रणनितीमा रहेका ३० वर्षीय रोहितले २००७ मा आयरल्याण्डविरुद्ध खेल्दै एकदिवसीय खेलमा डेब्यू गरेका थिए । उनले एकदिवसीय करीअरमा २२ शतक र ४१ अर्धशतक बनाएका छन् । उनी मार्चमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा सहभागी भएका थिए । 

४. शिखर धवन 

टोली सन्तुलित रहेको बताएका ओपनर शिखर धवन भारतीय टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले हालै एक अन्तवार्तामा विश्पकपका लागि भारतीय १५ सदस्यीय टोली सन्तुलित रहेको बताएका थिए । ओपनर धवन एकदिवसीय क्रिकेटमा विराट र रोहितपछि फर्ममा छन। २०१० मा अष्ट्रेलियाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटको यात्रा सुरू गरेका उनले अहिलेसम्म १ सय २८ एकदिवसीय खेल खेलेका छन् । ५ हजार ३ सय ५५ रन बनाएका धवनले १७ शतक र २७ अर्धशतक बनाएका छन् । 

५. केएल राहुल 

भारतीय टोलीमा समावेश युवास्टार हुन् केएल राहुल । २७ वर्षीय राहुलले १४ एकदिवसीय खेल खेलेका छन् । उनले २०१६ मा जिम्बाबेविरुद्ध खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । १४ खेलमा ३ सय ४१ रन बनाएका उनको नाममा १ शतक र ३ अर्धशतक मात्र छ । पछिल्लो समय उनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा पनि टोलीमा समावेश थिए । 

६. विजय शंकर 

अम्बाती रायडुलाई स्थानान्तर गर्दै विश्वकप टोलीमा समावेश विजय शंकर टोलीका लागि कम अनुभव भएका खेलाडी हुन् । उनले अहिलेसम्म ९ एकदिवसीय खेलमात्र खेलेका छन् । तमिलनाडुमा जन्मिएका २८ वर्षीय विजयले यही वर्ष अष्ट्रेलियामा भएको एकदिवसीय सिरिजबाट डेब्यू गरेका थिए । उनले ९ खेलमा ५ इनिङसमात्र खेल्दै १ सय ६५ रन बनाएका छन् । पछिल्लो खेलमा उनले घरेलु मैदानमा भएको सिरिजमा अष्ट्रेलियाविरुद्ध नै खेलेका थिए । 

७. केदार जादभ

केदार जादभ भारतीय टोलीका महत्वपूर्ण सदस्य हुन् । २०१४ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय खेलमा डेब्यू गरेका केदारले ५९ एकदिवसीय खेल खेलेका छन् । उनले ११ सय ७४ रन बनाएका छन् । ३४ वर्षीय जादभको उच्च रन १ सय २० हो । उनले अहिलेसम्म २ शतक र पाँच अर्धशतक बनाएका छन् । उनले पछिल्लो एकदिवसीय खेलमा अष्ट्रेलियाको सामना गरेका थिए । 

८. दिनेश कात्तिक 

युवा स्टार रिसब पन्तको स्थानमा १५ सदस्यीय टोलीमा समावेश दिनेश कात्तिक टोलीका अनुभवी खेलाडी हुन् । ३३ वर्षीय दिनेशले २००४ मा इंग्ल्यान्डविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट सुरु गरेयता ९१ खेलमा सहभागिता जनाएका छन् । १७ सय ३८ रन बनाएका कात्तिक ९ अर्धशतक बनाएका छन् । यस वर्ष न्यूजिल्याण्डविरुद्ध खेले यता कात्तिकले एकदिवसीय खेलमा स्थान बनाएकका थिएनन् । उनी युवास्टार रिसबको स्थानमा टोलीमा अटाएका हुन् । 

९. युजवेन्द्र चाहल 

विश्वकपका लागि भारतीय टोलीमा रहेका लेगस्पिनर युजवेन्द्र चाहल टोलीका मुख्य बलर हुन् । उनले अहिलेसम्म ४१ एकदिवसीय क्रिकेटमा बलिङ गर्दै ७२ विकेट लिएका छन् । २८ वर्षीय युजवेन्द्रले २०१६ मा जिम्बाबेविरुद्धको खेलमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । हालै अष्ट्रेलियाविरुद्ध एकदिवसीय सिरिज खेलेका उनी टोलीका आशालाग्दा बलर हुन। 

१०. कुलदीप यादव
 
कुलदीप भारतीय टोलीमा समावेश खेलाडीमध्ये युवा बलर हुन् । २४ वर्षीय कुलदीपसँग ४४ एकदिवसीय खेलको अनुभव छ । उनले अहिलेसम्म ८७ विकेट लिइसकेका छन् । २०१७ मा वेष्ट इन्डिजसँगको खेलबाट उनी एकदिवसीय क्रिकेटमा भित्रिएका हुन् । 

११. भुवनेश्वर कुमार

२९ वर्षीय बलर भुवनेश्वर कुमार भारतीय टोलीका अनुभवी खेलाडी हुन् । २०१२ मा राष्ट्रिय टोलीका एकदिवसीय क्रिकेटमा उदाएका कुमारले १ सय ५ खेलमा १ सय १८ विकेट लिएका छन् । यस्तै ५ सय ५३ रन बनाएका छन् । उनले हालै अष्ट्रेलियाविरुद्धको सिरिज खेलेका थिए । 

१२. जसप्रित ब्रुमराह

२५ वर्षीय युवा बलर भारतको विश्वकप यात्रामा नायक बन्न सक्ने खेलाडी हुन् । ४९ एकदिवसीय खेलको अनुभव लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीमध्ये एक हुन् । जसप्रितले २०१६ मा डेब्यू गरेयता अहिलेसम्म ४९ खेलमा ८५ विकेट लिएका छन् । 

१३. हार्दिक पाण्डेय 

भारतीय टोलीका २५ वर्षीय अलराउण्डर हार्दिक पाण्डेय टोलीका युवा स्टार हुन् । ४५ एकदिवसीय खेलमा ७ सय ३१ रन बनाएका पाण्डेयका नाममा ४ अर्धशतक मात्र छ । बलिङमा उत्तिकै प्रदर्शन गर्ने उनले ४४ विकेट आफनो नाममा लेखाएका छन् । उनले २०१६ मा न्युजिल्याण्डविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । 

१४. रविन्द्र जडेजा 

भारतीय टोलीका लागि अनुभवी अलराउण्डर खेलाडी हुन् रविन्द्र जडेजा । ३० वर्षीय जडेजाले १ सय ५१ एकदिवसीय खेलमा २ हजार ३५ रन बनाएका छन् । १० अर्धशतक प्रहार गरेका जडेजाले २००९ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । श्रीलंकासँग डेब्यू गरेका उनले बलिङमा आफूलाई प्रमाणित गरेका छन् । उनले १ सय ५१ एकदिवसीय खेलमा १ सय ७४ विकेट लिएका छन् । 

१५. मोहमद शमी 

तीव्र गतिका बलर मोहमद शमीले पनि विश्वकपको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् । २८ वर्षीय शमीले २०१३ मा डेब्यू गरेयता ६३ एकदिवसीय खेलमा १ सय १३ विकेट लिएका छन् । पाकिस्तानविरुद्धको खेलबाट एकदिवसीय क्रिकेट सुरू गरेका शमीले पछिल्लो समय मार्चमा दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा अष्टेलियाविरुद्धको एकदिवसीय सिरिज खेलेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC