site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुरुङ्गा (झापा) । झापा जिल्लामा १५ वटा स्थानीय तह हुने भएको छ ।

जिल्ला विकास समिति कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थानीय तहको पुनसंरचनाको टुङ्गो लगाएको हो । जनसङ्ख्या र भौगोलिक आधारमा पुनसंरचनाको निर्णय गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । स्थानीय तह पुनःसंरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका उनका अनुसार झापामा आठ नगरपालिका र सात गाउँपालिका हुने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार मेचीनगरमा बाहुनडाँगी, धाइजन, दुहागढी र ज्यामीरगढी गाविस गाभेर मेचीनगर नगरपालिका बनाइएको छ ।

शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाउँपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, बिर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने, पाठामारी, बनियानी, वालुवाडी, पथरीया, केचना र घेराबारीलाई कचनकवल गाउँपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाउँपालिका बनाउने, राजगढ, चकचकी र डाँगीबारीलाई बाह्रदशी गाउँपालिका बनाउने निर्णय गरेको छ ।

Global Ime bank

त्यस्तै, कुमरखोद, टागनडुब्बा र शरणामति गाविसलाई झापा गाउँपालिका बनाउने, धरमपुर, पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरीगञ्ज गाउँपालिका बनाउने, बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाउँपालिका बनाउने र दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी वडा नं ४, शिवसताक्षी वडा नं ५ र ९ लाई कनकाई नगरपालिकामा गाभ्ने निर्णय प्रविधिक समितिले गरेको छ । रासस

–––––––

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC