site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री र ओलीबीच ‘वान टु वान’ वार्ता, संविधान संशोधन र महाभियोगबारे छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता भएको छ ।
सभामुखको कार्यालय सिंहदबारमा ३ बजेदेखि करिब डेढ घण्टा ‘वान टु वान’ भएको वार्तामा संविधान संशोधन लगायतका विषयमा छलफल भएको हो ।
एमाले अध्यक्ष ओलीका स्वकिय सचिव राजेश शाक्यले ‘वान टु वान’ वार्ता भएकाले के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संविधान संशोधन लगायतका महत्वपूर्ण विषयमा छलफल भएको बताउँदै यसलाई निरन्तरता दिने बारेमा पनि कुराकानी भएको बताए ।
लामो समयसम्म औपचारिक छलफलमा नजुटेका दुई पार्टीका शीर्ष नेताहरुबीच लामो समयसम्म भएको वार्तालाई महत्वका साथ हेरिएको छ । स्रोतकाअनुसार संविधान संशोधन र महाभियोगका बारेमा पनि छलफल भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिनका लागि भारत प्रस्थान गरेकै दिन दुई पार्टीका नेताहरुबीच छलफल भएको हो ।
तस्बिर, प्रधानमन्त्री सचिवालय 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC