site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय राष्ट्रपतिको भ्रमण आजदेखि, काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आजदेखि हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको सम्पूर्ण सुरक्षा व्यवस्था मजबुद पारिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीकाअनुसार विमानस्थलदेखि राष्ट्रपति मुखर्जी बस्ने होटल तथा उनले भ्रमण गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
मुखर्जी आज दिउसो नेपालको तीनदिने राजकीय भ्रमणमा आउँदैछन् । उनलाई अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । 
“भ्रमणको विशेष सुरक्षा योजना बनेको छ, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा गस्ती थालिसकेका छन्,” पन्थीले बाह्रखरीसँग भने, “सादा पोशाकका सुरक्षाकर्मी पनि प्रशस्तै परिचालन गरिएको छ ।”
उनले सुरक्षामा कुनै कमी हुन नदिन सरकारले चारवटै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरेको बताए ।
प्रवक्ता पन्थीले भने, “सुरक्षा संवेदनशीलताका आधारमा केही कुरा गोप्य राखिएको छ, भारतीय राष्ट्रपतिको सुरक्षामा कुनै कमी हुन पाउनेछैन ।”
 
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाएर मंगलबारदेखि नै गस्ती सुरु भएको छ । उनकाअनुसार राष्ट्रपतिको सवारीका बेला प्रयोग हुने सवारी साधनको पनि ब्यवस्था गरिसकिएको छ । राष्ट्रपति मुखर्जीको सवारीका बेला उनको अघिपछि जामरको पनि ब्यवस्था गरिएको छ । जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निस्कृय पारि सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ ।
त्यसैगरि राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरिएको उनले बताए । 
मुखर्जीको सुरक्षामा पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ ।
गृहमन्त्रालयका अनुसार मुखर्जीको भ्रमणको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर ५ हजार बढी परिचालन गरिएको छ ।
त्यसैगरी राष्ट्रपति मुखर्जीको सुरक्षामा भारतीय विषेश तालिम प्राप्त कमाण्डो पनि आउनेछन् ।
भारत र पाकिस्तानबीच देखिएको द्वन्द्व र अघिल्लो वर्ष भारतीय नाकाबन्दीका कारण पनि विरोध हुन सक्ने भन्दै सुरक्षामा विशेष ध्यान दिइएको सुरक्षा स्रोतले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC