site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधनपछिमात्र निर्वाचनको मिति घोषणा : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछिमात्र निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । बुधबार राजधानीमा माओवादी केन्द्रको पर्वत जिल्लाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेको बताउँदै संविधान संशोधनपछिमात्र निर्वाचनको मिति घोषणा गरिने बताएका हुन् । 
प्रधानमन्त्री दाहालले भने, “हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरू घटेका छन् । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ ।”
यसैगरी दाहालले संविधान कार्यान्वयनमा सरकार पूर्ण इमान्दार र क्रियाशील रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनका लागि राजनीतिक समझदारीसमेत बनेको दाबी गरे । भेटमा प्रधानमन्त्री दाहालले नेपाल, भारत र चीनबीचको सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । प्रधानमन्त्रीले भने, “मैले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई म रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement