site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रले केन्द्रीय समितिको संख्या घटाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको संख्या घटाउने भएको छ । तर यसको विधिबारे नेताहरूबीच कुरा मिल्न सकेको छैन । २५ सय हाराहारीमा रहेको केन्द्रीय समितिको संख्या घटाउन  माओवादी केन्द्रका नेताहरू एकमत देखिए पनि कति संख्यामा झार्ने र कुन विधि अबलम्बन गर्ने भन्नेमा फरक मत भएपछि निर्णय हुन सकेन ।
केन्द्रीय सदस्यको संख्या घटाउने भन्ने निर्णय लिन आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको माओवदी केन्द्रको हेडक्वार्टर बैठकमा नेताहरूबीच नै मत बाझिएपछि विना निष्कर्ष सकिएको थियो ।
आज पनि यसबारेमा छलफल गर्न माओवादी केन्द्रको बैठक बोलाइएको थियो । बैठकमा सहमति कायम हुन नसकेपछि कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । भेलाले नै यसबारेमा थप निर्णय गर्नेछ ।  
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्, “ बैठकमा संगठन सुदृढिकरण सम्बन्धि छलफल भयो । यसबारेमा थप निर्णय लिन कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने निर्णय भएको छ । ”
माओवादी केन्द्रका कार्यालय सचिव प्रह्लाद बुढाथोकिले केन्द्रीय समितिको संख्या घटाउनेबारे छलफल भएको बताए । बुढाथोकिले केन्द्रीय सदस्यको संख्या झार्नेमा सबै नेताहरू एकमत भएको तर कुन प्रक्रिया अवलम्बन गर्ने भन्नेमा नेताहरुबीच कुरा नमिलेको बताए । उनले भने, “बैठकमा एकता भएको दिन जेठ ६ गते कै जति ४ सय ९९ सदस्यीय केन्द्रीय समितिमा झार्ने वा त्यसमा पूर्व राज्यसमितिका सदस्यहरु थपेर त्यो भन्दा अलि बढी बनाउने कि भन्नेमा नेताहरुले आ–आफ्नो दृष्टिकोण राख्नुभएको छ ।”
केन्द्रीय सदस्य जेठ ६ गते तय भएको जति ४ सय ९९ नै बनाउनुपर्ने बादल समूहको धारणा रहेको छ भने पूर्व एमाओवादीका नेताहरू भने यसरी अघि बढ्दा सिनियर नेताहरू पनि जुनियर स्थानमा बस्नुपर्ने भन्दै त्यो भन्दा बढी हुनुपर्ने पक्षमा देखिएको स्रोतले जानकारी दियो ।
पूर्व एमाओवादीका एक नेताले भने, “केन्द्रीय सदस्यको संख्या ५ सयमा झार्ने हो भने पहिले पार्टी एक हुँदाका धेरै सिनियर साथीहरु अहिले जुनियर हुने अवस्था आउँछ । त्यसैले यसको समाधान राष्ट्रिय महाधिवेशनबाट टुङ्गो लगाउँ वा ५ सय केन्द्रीय सदस्यमा पूर्व राज्यसमितिका सदस्य र केही सिनियर नेताहरूलाइ केन्द्रीय सदस्यमा थप गरेर संगठन चुस्त बनाउन सकिन्छ ।”
बादल समूहबाट आएका अर्का एक नेताले भने पार्टी एकतालाई पार्टी प्रवेश सम्झन नहुने बताए । उनले भने, “पार्टी एकता हुँदा जुन तह र तप्कामा नेता तथा कार्यकर्ता थिए त्यही तह नै राख्नुपर्छ । केन्द्रीय सदस्यको संख्या घटाउने भए जेठ ६ गतेको एकतापछि बनाइएको ४ सय ९९ सदस्यीय नै बनाउनुपर्छ ।”
तस्बिर ः प्रधानमन्त्री सचिवालय 
 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC