site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन चर्किँदैछ मृत्युदण्डको माग ?

सिंहदरबारको छेवैमा केही महिलाले शनिवार पेटीकोटमात्रै लगाएर विरोध प्रदर्शन गरे । उनीहरुको प्रदर्शनमा लागेको मुख्य नारा थियो – बलात्कारीलाई फाँसी (मृत्युदण्ड) देऊ ! मुलुकी अपराध (संहिता) ऐन २०७४ ले बलात्कारीलाई हुने सजायबारे कडा कानुन नबनाएकोले त्यसलाई संशोधन गर्दै बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने भन्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका थिए । 

प्रधानमन्त्री केपी ओलीले राजधानीमा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख विपक्षी दललगायतलाई विषयवस्तु बुझेरमात्रै सरकारको विरोध गर्न सुझाव दिए । अहिलेको बलात्कारविरुद्धको आन्दोलनका हकका भन्ने हो भने प्रधानमन्त्री ओलीले नै विषयवस्तुलाई अनर्थ लाग्नेगरी अली बढी नै बुझिदिएको भान हुन्छ । आन्दोलनकारीले ‘‘हामी त विषयवस्तु बुझेरै विरोधमा उत्रेका हौंँ । कसैले भनेर सरकारको विरोध गर्नुपर्छ भनेर लागेका होइनौं । नआत्तिनुस्, बरु तपाईंले विषयवस्तु कति बुझ्नु भयो ? ” भनेर प्रधानमन्त्रीलाई उत्तर दिएजस्तो लाग्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

माइतीघरको केही दिन अगाडिको दृश्यले २०६४ सालमा बादी महिलाहरुको एउटा समूहले सिहंदरबार अगाडि पेटीकोट र ब्रामात्रै लगाएर अर्धनग्न प्रर्दशन गरेको सम्झना हुन्छ । उनीहरुको चेहरामा पनि उस्तै आक्रोश र चित्कार थियो । 

छोटा लुगा अहिलेको ‘फेसन ट्रेन्ड’ भएपनि सबैलाई लगाउन मन पर्छ भन्नै छैन । तर, रोजाइको छोटा लुगा र बाध्यताले नांगिनु अनि कसैद्वारा बलपूर्वक नंग्याउनुमा ठूलो अन्तर हुन्छ । 

Global Ime bank

बलात्कारीलाई मृत्युदण्डको माग गर्दै माइतीघरमा प्रदर्शन गर्नेहरू महिलाहरु को अनुहारमा आगो थियो । पुलिस प्रशासनको धरपकडले स्थिति भयावह बनेको थियो । थुप्रै महिला अधोवस्त्र मात्र लगाएकै अवस्थामा पक्राउ पनि परे । बालबालिकालाई कसैले गालामा थप्पड मात्रै हान्यो वा पिट्यो भने पनि तिनीहरु कोहोलो मच्चाउँछन् । पीडाको तरलरुप आँखा र नाकबाट एकै निमेषमा बग्छ । यस्तोमा योनी नै फुट्नेगरी करणी गर्दाको तिनलाई हुने पीडा र चित्कार सुन्न नसकेको या सुन्न नचाहेको सरकारलाई सुनाउने तरिका त्यसरी खोजेका हुन् ती महिलाले । आन्दोलित महिलाहरुले राज्यले बलात्कारमा परेकी महिला र बालबालिकाको पीडालाई बोध गर्न नसकेको गुनासो गर्र्दै थिए ।

विगत केही समयदेखि बलात्कारको घटना निकै बढेको छ । कंचनपुरमा भएको निर्मला बलात्कार एवं हत्याकाण्ड त्यस्तै झापामा १० दिनमा तीन वटा बलात्कारको घटना सार्वजनिक भएको छ । संचारमाध्यममा तीन वर्षकी बालिकादेखि ७७ वर्षीया वृद्धा बलात्कारका सिकार भएको समाचार आएका छन् । साउन महिनामा मात्रै झापामा जिल्लामा बलात्कारका ४ वटा घटना सार्वजनिक भएको हो । यो एउटै जिल्लाको यस्तो भयावह अवस्था छ भने देशैभरको हालत कति विकराल होला ?

बलात्कारपछि ज्यानलिने ज्यानमाराका लागि सरकारले कडा कानुन ल्याउनसमेत सचेत नभएपछि के गरुन् त तिनले ? राज्यलाई सचेत गराउन र बलात्कारजस्तो जघन्य अपराधलाई कडा कानुनको दायरामा ल्याउन आफैँलाई नंग्याए । फितलो कानुनले बारम्बार महिला, बालबालिकालाई नंग्याउँछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC