site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको जनाइएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी खटिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । रोकाको घरमा रहेका ३० भन्दा बढी कुखुरा पनि पहिरोमा परी नष्ट भएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १२:४१
प्रतिक्रिया दिनुहोस्