site stats
बाह्रखरी :: Baahrakhari
देश


इनरुवा । सुनसरीको प्रकाशपुर–५ राजाबासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना बेपत्ता भएका छन् ।

श्रीलङ्का टापुबाट यात्रु लिएर राजाबास आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा दस जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । डुङ्गा दुर्घटनामा सुनसरी महेन्द्रनगर–५ बस्ने ५५ वर्षीया चननदेवी यादव, महेन्द्रनगर–५ बस्ने गोल्छा झाकी सात वर्षीया छोरी रेखा झा, गोल्छा झाकी बहिनी २५ वर्षीया मीना झा, मीना झाकी तीन वर्षीया छोरी पुजन झा, प्रकाशपुर–५ बस्ने अखो चन्द्रवंशीकी श्रीमती ४५ वर्षीया पार्वती चन्द्रवंशी, महेन्द्रनगर–५ बस्ने गोल्टु चन्द्रवंशीकी श्रीमती ४५ वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ बस्ने डुङ्गा चालक ४५ वर्षीय तुफानी चन्द्रवंशी तथा हरिबोल कविरतकी श्रीमती ३५ वर्षीया सीता कविरत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी, दुई जनाको अझैसम्म नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । नाम नखुल्नेमा महेन्द्रनगर–५ बस्ने गोल्टु चन्द्रवंशीकी छोरी र पटवारी उराँवकी १५ वर्षीया छोरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।  बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । डुङ्गा दुर्घटनामा दस जना बेपत्ता भएको पुष्टि भइसकेको र अझै बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच, सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकाको खोजी कार्यमा संलग्न हुन सप्तरीबाट आज बिहान एक टोली त्यसतर्फ गएको छ । बेपत्ताको खोजीका लागि कोसी व्यारेजसहित नदी किनारमा खोजी गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ३० जनाको टोली त्यहाँ गएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । रासस

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  ०७:२८
प्रतिक्रिया दिनुहोस्