site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सरकारले विशिष्ट व्यक्ति तथा उच्चपदस्थ अधिकारीलाई विदेशमा गएर उपचार गर्नका लागि आर्थिक सहयोग नगर्ने भएको छ । अबदेखि स्वदेशकै सरकारी अस्पतालमा उपचार गरेमात्र विशिष्ट तथा उच्चपदस्थको स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्नेछ । 
स्वदेशमा सम्भव नभएमात्र सिफारिसका आधारमा विदेशमा उपचार गर्न सरकारले सहयोग गर्ने व्यवस्था गर्न लागेको छ । हाल बहालवाला तथा पूर्वविशिष्ट तथा उच्चपदस्थ अधिकारी भारत, अमेरिका, थाइल्याण्डलगायत विभिन्न मुलुकमा गएर उपचार गर्दै आएका छन् । विशिष्ट व्यक्तिको विदेशमा उपचार गर्ने नाममा राज्यको ढुकुटीबाट बर्सेनि करोडौ रुर्पैयाँ खर्च हुने गरेको छ । यसको व्यापक आलोचना भएपछि सरकारले बहालवाला र पूर्वउच्चपदस्थ अधिकारीलाई स्वदेशी सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्न लागेको हो । 
सरकारले उच्चपदस्थ अधिकारीलाई स्वदेशकै सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्थासहितको नियमावली ल्याउन लागेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए । नियमावलीका लागि सरकारले काम थालिसकेको उनले जानकारी दिएका छन् । 
व्यवस्थापिका–संसद्को अर्थ समिति बैठकमा बुधबार मन्त्री थापाले उच्च अधिकारीहरुलाई विदेशमा गएर उपचार गर्ने प्रवृत्तिलाई अन्त्य गर्न लागेको जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्रीले कार्यविधि बनाएरमात्र बहालवाला र पूर्वउच्चपदस्थ विशिष्ट अधिकारीलाई उपचारको व्यवस्था गर्न निर्देशन दिएको उनले बताए । 
मन्त्रिपरिषद्ले अब कसैका लागि उपचार खर्च दिने ठाडो प्रस्ताव स्वीकार नगर्ने उनले जानकारी दिए । त्यस्तै, मन्त्री थापाले निजी अस्पतालले कुल बेडको १० प्रतिशत विपन्नलाई दिने भने पनि सो उपलब्ध नगराएको गुनासो आएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गराइने बताए । “निजी अस्पतालले यो नियम नमाने कारबाही हुन्छ,” उनले भने । सरकारी अस्पतालमा व्यापक सुधार गर्न लागेको भन्दै उनले कुनै पनि बिरामी सरकारी अस्पतालभित्र पुगेपछि पैसाको अभावमा फर्किनु नपर्ने दाबी गरे । सरकारी अस्पतालमा सहज उपचारको वातावरण बनाउन सरकार लागिपरेको उनले बताए । 
सरकारी अस्पतालमा बेथिति र अनियमितता हुने गरेको आफूले पाएको उनले बताए । “एउटा अञ्चल अस्पतालमा गोप्य रूपमा अनुसन्धान गर्दा सफाइ गर्न नियुक्त भएका २४ कर्मचारीले बिरामीलाई निजी अस्पतालमा पुर्याउने काममात्र गरेको पाइयो । अब ती कर्मचारीमाथि कारबाही हुन्छ,” उनले भने । 
स्वास्थ्य बिमाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जावाफ दिँदै मन्त्री थापाले ३ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको जानकारी दिए । चालू आर्थिक वर्षभित्र स्वास्थ्य बिमा २० जिल्लामा पुर्याइने उनले बताए । सरकारले सर्वसाधारणलाई अनिवार्य स्वास्थ्य बिमा लागू गर्नका लागि विधयेक बनाएर व्यवस्थापिकामा पेश गर्ने उनले जानकारी दिए । 
 
स्वास्थ्य बिमा लागू गर : संसदीय समिति  
यसैबीच व्यवस्थापिका–संसद्को अर्थ समितिले नेपालको संविधानको धारा ३३ र ५० को ‘ज’ मा भएको व्यवस्थाअनुसार स्वास्थ्य बिमालाई मौलिक हकका रूपमा लिएर अनिवार्य व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले विशिष्ट व्यक्तिको उपचार स्वदेशमा गर्न निर्देशन दिएको छ । स्वदेशमा सम्भव नभएमात्र विदेशमा उपचार खर्च दिन समितिले सरकारलाई भनेको छ । समितिले कार्यविधि बनाएरमात्र उपचार खर्च दिन सरकारलाई निर्देशन दिएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC