बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारत भ्रमणका बारेमा प्रधानमन्त्रीद्वारा संसद्मा जानकारी
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, भदौ २९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा पहिले भएका  सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिने बताएका छन् । बुधबार संसद्मा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने बताउँदै उनले यसअघि नै भारतीय बन्दरगाह विशाखापट्टनमदेखि नेपालको सीमासम्म रेल ल्याउने लगायतका  सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रीत हुने बताएका छन् । 
उनले आफ्नो भ्रमणपछि हुलाकी राजमार्गको पहिलो चरणको कामको थालनी हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा पञ्चेश्वर परियोजना, भूकम्पपछिको पुनःनिर्माणमा भारतले गर्ने भनेको सहयोगबारेमा समेत छलफल हुने बताए । 
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा बिरगंज, विराटनगरलगायतका तीन स्थानमा एकीकृत चेकपोष्ट खोल्ने बारेमा केन्द्रीत हुने बताए । यसैगरी उनले गौरीफन्टामा नयाँ नाकाखोल्ने बारेमा समेत आफुले कुरा उठाउने बताएका छन् । 
प्रधानमन्त्री प्रचण्डसँग भ्रमणको क्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महत, यातायात मन्त्री रमेश लेखक, सांसद, केही सचिव तथा व्यापारीहरु सहभागी हुने उनले संसदलाई जानकारी गराएका छन् । 
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्