site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. महत र स्वराजबीच साढे १२ बजे भेटवार्ता हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच अहिले साढे १२ बजे  दिवाभोज बैठक हुने भएको छ । 
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र सहयोग आदनप्रदान तथा सम्झौताका विषयमा छलफल हुनेछ । नेपालले  प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउने एजेण्डाका बारेमा परराष्ट्रमन्त्री डा. महतले स्वराजलाई जानकारी दिने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणलाई सहज बनाउन पराराष्ट्रमन्त्री आइतबार दिल्ली गएका हुन् । 
विदेशमन्त्री स्वराजपछि आज साँझ ऊर्जा, सडकलगायत विभिन्न भारतीय मन्त्रीसँग परराष्ट्रमन्त्री महतले भेट्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले बताए । नेपालको ऊर्जा संकट समधान गर्न भारतबाट थप बिजुली खरिद गर्ने, पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को विषयमा छलफल हुने कार्यक्रम रहेको पाठकले जानकारी दिए । यस्तै बैठकमा भारतले भूकम्पपछि पुनर्निर्माणमा दिने प्रतिबद्धता जनाएको ७५ अर्ब रुपैयाँ सहुलियत ऋण सम्झौताको विषयमा पनि छलफल हुने भएको छ । 
परराष्ट्रमन्त्री महतले हिजो र आज गरी विभिन्न्न भारतीय राजनीतिज्ञसँग भेटवार्ता गरेका छन् । भेटमा पछिल्लो समयमा नेपालमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको पाठकले बताए । उनका अनुसार परराष्ट्रमन्त्री महतले भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, डीपी त्रिपाठीलगायत वरिष्ठ भारतीय नेतासँग भेटघाट भएको उनले जानकारी दिए ।
 
तस्बिर ः  परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC